English

अब कति दिन खुल्ला सेयर बजार ?

सार्वजनिक बिदाबारे बोर्डसँग छलफल


जेठबाट शुक्रबार पनि सेयर कारोबार गर्ने तयारी भइरहेका बेला सरकारले अगामी जेठदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्यो । यसको प्रत्यक्ष असर अब सातामा कति दिन सेयर बजार खुल्छ भन्ने अन्योलता देखिएको थियो ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार सेयर बजार खुलाउने गरी छलफल भइरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए ।

हामीले बोर्डसँग पनि छलफल गरिरहेका छौँ । उहाँहरूले कारोबार गर्नुस् भनेर निर्देशन दिनुभयो भने हामी प्राविधिकरूपमा शुक्रबार बजार खुलाउन तयार छौं।

‘हामीले बोर्डसँग पनि छलफल गरिरहेका छौँ । उहाँहरूले कारोबार गर्नुस् भनेर निर्देशन दिनुभयो भने हामी प्राविधिकरूपमा शुक्रबार बजार खुलाउन तयार छौं,’ कार्कीले भने ।

यता बोर्डका प्रवक्ता निरज गिरी भने नेप्से आफैँले निर्णय गरेर शुक्रबार बजार सञ्चालन गर्न सक्ने बताउँछन् । ‘विनियमावलीले नै कति दिन र कति समय कारोबार खुलाउने भन्ने निर्णय गर्ने अधिकार नेप्सेलाई दिएको छ, नेप्सेले निर्णय गरेर बोर्डलाई जानकारी गराएर बोर्डलाई जानकरी दिएपछि शुक्रबार बजार सञ्चालन गर्न सक्छ,’ धितोपत्र बोर्डका प्रवक्ता गिरीले भने ।

हाल आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन दैनिक ४ घण्टा बजार सञ्चालन हुँदै आएको छ ।

तर, सरकारले आइतबार सार्वजनिक बिदा दिएसँगै सेयर बजारमा ४ दिन मात्रै कारोबार हुने कि शुक्रबार पनि कारोबार सञ्चालन गर्ने भन्ने विषयमा बहस चलिरहेको छ ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested