English

अब कति दिन खुल्ला सेयर बजार ?

सार्वजनिक बिदाबारे बोर्डसँग छलफल


जेठबाट शुक्रबार पनि सेयर कारोबार गर्ने तयारी भइरहेका बेला सरकारले अगामी जेठदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्यो । यसको प्रत्यक्ष असर अब सातामा कति दिन सेयर बजार खुल्छ भन्ने अन्योलता देखिएको थियो ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार सेयर बजार खुलाउने गरी छलफल भइरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए ।

हामीले बोर्डसँग पनि छलफल गरिरहेका छौँ । उहाँहरूले कारोबार गर्नुस् भनेर निर्देशन दिनुभयो भने हामी प्राविधिकरूपमा शुक्रबार बजार खुलाउन तयार छौं।

‘हामीले बोर्डसँग पनि छलफल गरिरहेका छौँ । उहाँहरूले कारोबार गर्नुस् भनेर निर्देशन दिनुभयो भने हामी प्राविधिकरूपमा शुक्रबार बजार खुलाउन तयार छौं,’ कार्कीले भने ।

यता बोर्डका प्रवक्ता निरज गिरी भने नेप्से आफैँले निर्णय गरेर शुक्रबार बजार सञ्चालन गर्न सक्ने बताउँछन् । ‘विनियमावलीले नै कति दिन र कति समय कारोबार खुलाउने भन्ने निर्णय गर्ने अधिकार नेप्सेलाई दिएको छ, नेप्सेले निर्णय गरेर बोर्डलाई जानकारी गराएर बोर्डलाई जानकरी दिएपछि शुक्रबार बजार सञ्चालन गर्न सक्छ,’ धितोपत्र बोर्डका प्रवक्ता गिरीले भने ।

हाल आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन दैनिक ४ घण्टा बजार सञ्चालन हुँदै आएको छ ।

तर, सरकारले आइतबार सार्वजनिक बिदा दिएसँगै सेयर बजारमा ४ दिन मात्रै कारोबार हुने कि शुक्रबार पनि कारोबार सञ्चालन गर्ने भन्ने विषयमा बहस चलिरहेको छ ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले