English

तीन अर्ब ३० करोडको भित्रियो सारी



चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा ३ अर्ब ३० करोड ९३ लाख २६ हजार रुपैयाँको सारी, लुङ्गी र धोती भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्यको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको हो ।

पछिल्लो नौ महिनामा विश्वका १६ देशबाट ९० लाख ८३ हजार २ सय १७ थान सारी, लुङ्गी र धोती नेपालले आयात गरेको विभागले जनाएको छ ।

चीन, जर्मनी, भारत, इन्डोनेसिया, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, कतार, सिंगापुर, श्रीलंका, युनाइटेड अरब इमिरेट्स र बेलायतबाट सो अवधिमा नेपालमा सारी, लुङ्गी र धोती भित्रिएको छ ।

नेपालमा सबैभन्दा बढी सारी भारतबाट आउने गरेको छ । बितेको नौ महिनामा भारतबाट ३ अर्ब २४ करोड ३२ लाख ६७ हजार रुपैयाँको ८८ लाख ८४ हजार ८८० थान सारी, लुङ्गी र धोती नेपाल आएको छ ।

गत आर्थिक वर्ष ३ अर्ब ५३ करोड ९७ लाख ४२ हजार रुपैयाँको ९१ लाख ९४ हजार ६६३ थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको थियो ।

यो पनि…
नौ महिनामा २ अर्ब ८० करोडभन्दा बढीको मासुजन्य पदार्थ नेपाल भित्रियो
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र