English

किन उदाहरणीय भयो, अमेरिकी लाईफ ?



नविन रायमाझी, अमेरिका ।

अंग्रेजी भाषामा एउटा भनाई छ, ‘अमेरिकन लाइफ, जापानीज वाइफ एण्ड चाइनिज फुड’ अर्थात् अमेरिकी जीवन, जापानी श्रीमती र चिनियाँ खाना’ । यो उखान कसले सिर्जना गर्यो, त्यो पंक्तिकारलाई थाहा भएन । तर, जसले सिर्जना गर्यो, त्यो शत–प्रतिशत ठीक सोंचेरै ग¥यो भन्ने लाग्छ ।
अमेरिकन जिन्दगी स्वतन्त्र, खुल्ला र आनन्ददायक भएजस्तै जापानी श्रीमतीले आफ्नो श्रीमानलाई अत्यन्तै माया गर्ने तथा चिनियाँ खाना जस्तो स्वादिष्ट खाना अर्को नभएको बताइन्छ ।

पंक्तिकारको विचारमा अमेरिकी जीवनलाई उत्कृष्ट भन्नुको अर्थ सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा काम गरेर पनि आवश्यक भौतिक सामग्री खरिद गर्न सक्ने, कामको आधारमा ठूलो सानोको भेदभाव नहुने, प्रचलित कानूनको उलंग्घन नगरेसम्म कसैले केही गर्न नसक्ने कारणले भनिएको हो ।

न्युनतम आय गरेर पनि आनन्द साथ बाँच्न सकिने हुनाले अमेरिकी जीवन उत्कृष्ट भनेको हुन सक्ने पंक्तिकारको बुझाइ छ ।

पंक्तिकारले अमेरिकामा आफ्नो संघर्षका दिनमा एउटा नर्सिङ होममा सफाई कर्मचारीको काम गर्थ्यो। भूँई पुछ्ने, शौचालय सफा गर्ने, कार्पेटको धुलो भ्याकुम क्लिनरले सफा गर्ने र फोहरको भाँडोबाट फोहर झिक्ने मुख्य काम हुन्थ्यो । पूर्वीय हेराईमा त्यस्तो सानो स्तरको काम गर्ने भएपनि उक्त नर्सिङ होमका प्रमुखले म लगायत म जस्तै सबैसँग हात मिलाएर सन्चो बिसन्चोको खबर लिन्थे । अब तपाईं कल्पना गर्नुस्, यदि नेपालमै भएको भए त्यो स्तरको हाकिम र यो स्तरको सफाई कर्मचारीका बीच हात मिलाउने कुरा त परै जाओस्, दोहोरो संवाद पनि सम्भव हुँदैन । यसरी बौद्धिक क्षमताको आधारमा कामको जिम्मेवारी ठूलो सानो भए पनि एउटा मान्छेको आधारमा सबै बराबरी छन् भन्ने कुरा उनीहरू सधै मनन गर्छन् ।

त्यस्तै यहाँ, को कति धनी वा गरिब छ भन्ने कुरा उसले चढेको गाडीको आधारमा मूल्याङ्कन हुन्छ । अमेरिकामा गाडी भनेको नेपालमा कामदारले आफ्नो काम गर्ने सामान बोकेको जस्तो हो । यदि तपाईंसँग सवारी साधन छैन भने अधिकांश ठाउँमा तपाईंले काम पाउनुहुन्न । यहाँ सानो काम र न्युनतम ज्यालामा काम गरेको व्यक्तिले पनि गाडी चढ्नु भनेको नेपालको जस्तो विलासिता को बिषय होइन । यद्यपी, अमेरिकी सरकारको तथ्याङ्कअनुसार केवल ८२ प्रतिशत व्यक्तिसँग मात्र निजी सवारी साधन छ भन्ने छ । तर सवारी साधनको संख्याको आधारलाई मान्ने हो भने प्रतिव्यक्ति ३ सवारी साधन पर्न आउँछ ।

स्वास्थ बिमा यहाँको न्युनतम सुविधा हो । विरामी पर्दा त्यो बिमाले उपचार खर्च व्यहोर्छ । कुनै कारणले उपचार खर्च तिर्न पुगेन भने महिनामा निश्चित रकम तिर्दै गएपनि हुन्छ । यदि त्यो पनि सकिदैन भने मैले सक्दिन भन्दा हुन्छ ।

पहिरनमा यहाँ युरोपको जस्तो अनिवार्य ‘ड्रेस कोड’ छैन, जसलाई जस्तो ड्रेस लगाउन मन लाग्यो, त्यस्तै किसिमको लुगा लगाए हुन्छ । यद्यपी, त्यसको पनि निश्चित सीमा हुन्छ । ड्रेस कोड हुँदैन भन्दैमा बिकनी लगाएर कार्यालयमा जाने अर्थ नलागोस् ।
मनोरञ्जनको क्षेत्रमा हेर्ने हो भने यहाँ सबै किसिमका मनोरञ्जनका साधन उपलब्ध छन् । जति खुल्ला समाज भएपनि अमेरिकामा यौनशालालाई कानूनी रूपमा मान्यता दिइएको छैन । यौनकर्मीलाई राम्रो दृष्टिकोणले हेरिन्न ।

यहाँ सरकारी स्तरबाटै चिठ्ठा (लोटरी) बिक्री गरिन्छ । प्रायः सबैले यस्तो लोटरी खरिद गर्छन्, भाग्यले पर्यो भने पर्यो, होइन भने सरकारलाई सहयोग हुन्छ भनेर लोटरी खरिद गर्छन् । उक्त लोटरीको टिकट बिक्रीबाट प्राप्त पैसा सरकारले शिक्षा र स्वास्थ क्षेत्रमा खर्च गर्छ ।

त्यस्तै, खाद्य पदार्थ न्युनतम मूल्यमा पाइने र सरकारी स्तरमा भन्दा औसत कम आय हुनेलाई सरकारले ‘फुड स्ट्याम्प’ अर्थात् खाद्य सुविधा दिने गरेको छ । यस्तो सुविधा परिवारको संख्या हेरेर प्रतिमहिना ३ सय डलरदेखि एक हजार डलर सम्मको हुन्छ । यो सुविधाअनुसार कुनै पनि पसलबाट खाद्यसामग्री खरिद गर्न सकिन्छ ।

अब तपाईं कल्पना गर्नुस्, यदि नेपालमै भएको भए त्यो स्तरको हाकिम र यो स्तरको सफाई कर्मचारीका बीच हात मिलाउने कुरा त परै जाओस्, दोहोरो संवाद पनि सम्भव हुँदैन ।

त्यस्तै, आवासको पक्षमा पनि कम आय हुनेलाई सामुदायिक आवासको ब्यवस्था गरिएको हुन्छ । यस्तो घरमा प्रतिमहिना आम्दानीको हिसाबले घरभाडा तय हुने हुनाले एकै किसिमको घरमा बसे पनि भिन्न भिन्न भाडा दर रहेको हुन्छ ।

स्वास्थ बिमा यहाँको न्युनतम सुविधा हो । विरामी पर्दा त्यो बिमाले उपचार खर्च व्यहोर्छ । कुनै कारणले उपचार खर्च तिर्न पुगेन भने महिनामा निश्चित रकम तिर्दै गएपनि हुन्छ । यदि त्यो पनि सकिदैन भने मैले सक्दिन भन्दा हुन्छ । तर त्यो ‘पब्लिक चार्ज’ अर्थात् सरकारी रेकर्डमा चढ्छ । नेपालमा जस्तो पहिले पैसा जम्मा नगरी उपचार गर्ने होइन, यहाँ पहिले बिरामीलाई बचाउने त्यसपछि मात्र शुल्क लिने प्रचलन रहेको छ । त्यस्तै खानपिनको सन्दर्भमा हाम्रोजस्तो दैनिक घरमै पकाएर खाने चलन हुँदैन । सप्ताहन्तमा घरमै पकाएर खानेकुरा खाएमा अमेरिकन आज हामीले घरमै पकाएर खाएको भनेर खुशी हुने गर्छन् । यो हामीलाई भने अच्चम लाग्न सक्छ ।

न्युनतम आय गरेर पनि आनन्द साथ बाँच्न सकिने हुनाले अमेरिकी जीवन उत्कृष्ट भनेको हुन सक्ने पंक्तिकारको बुझाइ छ । आर्थिक रूपमा जस्तोसुकै गरिबले पनि आफ्नो इच्छा लागेको बस्तु वा सेवा प्रयोग गर्न सक्ने हुनाले संसारभरका मानिसको आकर्षणको केन्द्र अमेरिका बनेको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested