English

फेसबुकका संस्थापक मार्क जुकरवर्गका १० प्रेरक भनाइ



फेसबुक नामक सामाजिक सञ्जालका परिकल्पनाकार, सिइओ साथै संस्थापक मार्क एलिअट जुकरवर्ग अमेरिकी कम्प्युटर प्रोग्रामर र इन्टरनेट उद्यमी हुन् । इन्टरनेटको दुनियामा फेसबुक ल्याए सामाजिक सञ्जालमा क्रान्ति गरेका जुकरवर्गको जन्म १४ मे, १९८४ मा न्यूयोर्क शहरको व्हाइट प्लेन्समा, दन्त चिकित्सक बुवा एडवर्ड जुकरबर्ग र र मनोचिकित्सक आमा करेन केम्पनरको घरमा भएको थियो ।

सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए । यस्ता प्रतिभाशाली व्यक्तित्वका केहि प्रेरक भनाइहरू यस प्रकार छन् ।

१. एक अर्ब मानिसलाई एक अर्कासँग जोड्नु मेरो जिन्दगीमा विनम्र, आश्चर्यजनक र धेरै गर्वको कुरा हो ।

२. धेरै व्यापारीहरू आफूबाट गल्ती हुन्छ कि भनेर चिन्तित हुन्छन् उनीहरू जोखिम मोल्न डराउँछन् । कम्पनी यसकारण स्थापना गरिन्छ ताकि असफल भए भने एक अर्काको मूल्याङ्कन गर्न सकोस् ।

३. खाली हातमा बस्नु भन्दा केही काम गर्ने प्रयास गर्नुहोस् र केही कुरा सिक्ने प्रयास गर्नुहोस् । यो खाली हात बस्नुभन्दा उत्तम हुनेछ ।

४. मानिसहरु सोच्छन् कि नवप्रर्वतन मात्र एउटा राम्रो विचार हो तर तपाईँले यो काममा तीव्र रुपमा अघि बढ्न सक्नुपर्छ र धेरै प्रयास गर्नुपर्दछ ।

५. एक मिशन तथा एक व्यवसाय शुरुवात गर्न हातमा हात मिलाउनु आवश्यक छ ।

६. सबैभन्दा ठूलो जोखिम कुनै पनि जोखिम नलिनु हो ।

७. यो सवाल म हरेक दिन आफैँले आफैँलाई गर्दछु ‘के म सबैभन्दा महत्वपूर्ण काम गरिरहेको छु ? जुन काम म गर्नसक्छु ?’

८. व्यापारको साधारण नियम ‘यदि तपाई सजिलो कामहरू गर्नुहुन्छ भने तपाईले धेरै प्रगति गर्न सक्नुहुन्छ।’ भन्ने हो ।

९. अगाडि बढ्नुहोस् र समस्याहरू समाधान गर्नुहोस्, जबसम्म तपाईं समस्याहरू समाधान गर्नुहुन्न, तबसम्म तपाईंको प्रगति हुनेछैन ।

१०. त्यही चीजको लागि कोशिस गर्नुहोस्, जसको बारेमा तपाईं उत्साहित हुनुहुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती