English

एसईई परीक्षा : तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थी निस्काशित



सिरहामा सञ्चालित एसईईअन्तर्गत दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै तीन केन्द्राध्यक्षसहित ८० जना परीक्षार्थीलाई निस्काशन गरिएको छ । परीक्षामा चिट, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षा अमर्यादित गरेकाले उनीहरूलाई निस्कासन गरिएको हो ।

सञ्चारकर्मी सहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरूले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्कासन गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जनाए ।

परीक्षालाई मर्यादाविपरीत कार्य गरेको भन्दै बस्तीपुर मावि लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारूटोल मावि परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निस्कासन गरेको प्रमुख जिल्ला अधिकारी कवाडीले जानकारी दिए ।

जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले मोबाइल ह्वाट्सएप, फोटोकपी र चिट प्रयोग गरेकाले उनीहरूलाई आजको परीक्षाबाट निस्कासन गरेको जनाए । परीक्षाको मर्यादा कायम गर्न नसकेकाले तीनैवटै विद्यालका केन्द्राअध्यक्षहरू भोलिबाट परिवर्तन गरिनेसमेत कवाडीले जानकारी दिए । उनीहरूलाई आजको परीक्षाबाट मात्र निस्कासन गरिएको हो ।

यता माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीका केन्द्राध्याक्ष राजेन्द्र प्रसाद यादवले परीक्षामा सुरक्षाकर्मीहरूले नै चिट पुर्याउने कार्य गरेर परीक्षालाई अमर्यादिन बनाएको आरोप लगाए । उनले भने, ‘एक जना प्रहरीबाट हामीले चिट खोसेर त्यहाँ कार्यरत कमाण्डरलाई चिट बुझायौं, तर त्यसको केही बेरमै फेरि चिट कक्षाकोठामा पुग्यो।’ उनले हामीले परीक्षा मर्यादित बनाउन खोज्दा खोज्दै पनि सुरक्षाकर्मीकै असहयोगले यस्तो भएको हो ।

बस्तीपुर मा.वि परीक्षा केन्द्रमा देव आईडल आवासिय विद्यालय लहान, लिटिलस्टार आवासिय विद्यालय, न्यु मनकामना आवासीय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी मा.वि.का विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।

त्यसैगरी, गोलबजार नपा ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फेटोकपी प्रयोग गरेर चिट बनेको पाइएको छ। यस परीक्षा केन्द्रबाट परीक्षा शुरु भएको ३० मिनटभित्रै प्रश्नपत्र बाहिरिएको बताइएको छ। यस सम्वन्धमा छानबिन गरिने सम्बन्धित निकायले जनाएको छ ।

यस केन्द्रमा धनगढीमाई नपा १० का सुनगाभा आवासीय मा.वि., नमुना प्राविधिक मा.वि. गोलबजार, जेम्स अंग्रेजी बोर्डिङ स्कुल, शुभ श्री आवासीय मा.वि र आईजेभीएम आवासीय मा.वि.को परीक्षा केन्द्र रहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निस्कासन भएको र केन्द्राध्याक्ष परीवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारी सहितको निर्देशन आएको जनाएको छ । यस वर्ष जिल्लाबाट एक सय ६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी भएका छन् ।

यो पनि

चालक अनुमतिपत्रमा सुधार : अब पास नभएसम्म ‘ट्रायल’ दिइरहन पाइने
जलवायु अनुकूलन र जैविक खेतीका लागि प्रोत्साहन गर्दै ‘नलेज पार्क’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested