English

म्याक्रोँ पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि फ्रान्समा प्रदर्शन



इम्यानुएल म्याक्रोँ पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएपछि राजधानी पेरिसमा प्रदर्शनहरू शुरु भएका छन् । असन्तुष्ट समूहले गरेका प्रदर्शनहरू नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ ।

मध्यपेरिसमा प्रदर्शनकारीहरूमाथि दंगा पुलिसले लाठी प्रहार गरेको र अश्रुग्यास छर्केको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

म्याक्रोंले अति दक्षिणपन्थी नेता मारिन ली पेनलाई पराजित गर्दै दोस्रो पाँच वर्षे कार्यकालका लागि विजयी भएका थिए । उनको पुनः विजयले फ्रान्सलाई ठूलो राजनीतिक उथलपुथलबाट जोगाएको केहीको विश्लेषण छ । तर, कतिपय भने पछिल्लो परिणामबाट आक्रोशित बनेका छन् ।

म्याक्रोंले सहज मतान्तरले जिते पनि दुबै उम्मेदवारप्रति मतदाताको तीव्र असन्तुष्टि थियो । दुवै उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै पहिलो चरणको मतदान र आइतवार दोस्रो चरणको निर्वाचन भइरहँदा विद्यार्थीहरूले पेरिसको सोर्बोन र अन्य विश्वविद्यालयबाहिर विरोध प्रदर्शन गरेका थिए ।

यो पनि
रुसद्वारा युक्रेनमाथि रातभरि क्षेप्यास्त्र वर्षा
श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, एकको मृत्युपछि कर्फ्यू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested