English

म्याक्रोँ पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि फ्रान्समा प्रदर्शन



इम्यानुएल म्याक्रोँ पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएपछि राजधानी पेरिसमा प्रदर्शनहरू शुरु भएका छन् । असन्तुष्ट समूहले गरेका प्रदर्शनहरू नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ ।

मध्यपेरिसमा प्रदर्शनकारीहरूमाथि दंगा पुलिसले लाठी प्रहार गरेको र अश्रुग्यास छर्केको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

म्याक्रोंले अति दक्षिणपन्थी नेता मारिन ली पेनलाई पराजित गर्दै दोस्रो पाँच वर्षे कार्यकालका लागि विजयी भएका थिए । उनको पुनः विजयले फ्रान्सलाई ठूलो राजनीतिक उथलपुथलबाट जोगाएको केहीको विश्लेषण छ । तर, कतिपय भने पछिल्लो परिणामबाट आक्रोशित बनेका छन् ।

म्याक्रोंले सहज मतान्तरले जिते पनि दुबै उम्मेदवारप्रति मतदाताको तीव्र असन्तुष्टि थियो । दुवै उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै पहिलो चरणको मतदान र आइतवार दोस्रो चरणको निर्वाचन भइरहँदा विद्यार्थीहरूले पेरिसको सोर्बोन र अन्य विश्वविद्यालयबाहिर विरोध प्रदर्शन गरेका थिए ।

यो पनि
रुसद्वारा युक्रेनमाथि रातभरि क्षेप्यास्त्र वर्षा
श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, एकको मृत्युपछि कर्फ्यू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो