English

स्वास्थ्य र सुन्दरताको एउटै नाम : नीम



नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने ।

स्वास्थ्यका लागि निम

नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् । यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् । नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ ।

पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ । सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ । त्यसैले यसलाई रोगनिवारक मानिएको छ । नीमको एक पातमा १५० भन्दा धेरै रासायनिक प्रबन्ध हुन्छ । यस धर्तीमा पाइने पातहरूमा नीमको पात नै सबैभन्दा जटिल हुन्छ ।

नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ । तपाईंले घरमा नीम रोप्नुभएको छ भने तपाईंमा यसको राम्रो प्रभाव पर्छ ।

सुन्दरताका लागि निम

निमले अनुहारमा चमक ल्याउनुका साथै छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छ ।

शरीरमा करोडौं ब्याक्टेरिया हुन्छन् । तीमध्ये धेरैजसो ब्याक्टेरियाहरू हानिकारक हुन्छन् । ती हानिकारक ब्याक्टेरियालाई मार्नका लागि यसको प्रयोग उत्तम विकल्प हो ।

-नुहाउनुअघि शरीरमा निमको पात कुटेर लेप लगाउनुस् ।

-केही बेर शरीरमै सुक्न दिनुस् ।

-त्यसपछि पानीले मजाले धुनुस् । तपाईंको शरीरका सारा ब्याक्टेरिया नष्ट हुन्छन् ।

-नीमका केही पात पानीमा राखेर रातभरि छोडिदिनुस् अनि बिहान उठेर त्यो पानीले शरीर नुहाउनुस् ।

तपाईंको शरीर प्रणालीलाई सफा राख्छ ।

यसले गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवं प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

Latest










Popular
Suggested