English

अम्बामा छन् यी औषधीय गुणहरू



अम्बा स्वादमा मिठो मात्र नभई यसमा धेरै औषधीय गुणहरू छन् । अम्बा बजारमा सजिलै पाइन्छ र यसलाई घरमा रोप्न पनि सकिन्छ । तर यो स्वास्थ्यका लागि कति फाइदाजनक छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

तर पेटका धेरै रोग निको पार्ने औषधीय गुण अम्बामा अम्बाको दानाको साथै यसको बीउ पनि स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । अम्बा खाँदा यस्ता धेरै समस्यामा राहत मिल्छ ।

पाचनसम्बन्धी समस्यामा फाइदाजनक
यदि अरुचि छ वा खाना खानेबित्तिकै पेट दुख्न थालेमा पाचन प्रणाली खराब भएको बुझ्न सकिन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि वीरेनुन मिसाएर अम्बा खान सकिन्छ । जसले पाचनसम्बन्धी कुनै पनि समस्यालाई हटाउँछ । अम्बा पाचनका लागि उत्कृष्ट फल पनि हो ।

आँखाको कालो घेरा हटाउन पनि लाभदायी
राति ढिलो सुत्ने र बिहान छिटो उठ्ने व्यक्तिमा आँखाको तल कालो घेरा देखिने समस्या हुन्छ । राति राम्ररी ननिदाउने व्यक्तिमा पनि यो समस्या देखिन्छ । अम्बाको पेस्ट बनाएर आँखाको कालो घेरा भएको ठाउँमा लगाउँदा यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

कब्जियतको समस्यामा पनि दिन्छ राहत
यदि कब्जियतको समस्याले लामो समयदेखि सताइरहेको छ भने अम्बाको सेवन लाभदायी हुन सक्छ । कब्जियत हुँदा बिहान खाली पेटमा पाकेको अम्बा खानुपर्छ । पाकेको अम्बाले कब्जियतबाट छुटकारा मिल्नुका साथै खानामा रुचि हुन सक्छ ।

दाँतको समस्यामा अम्बा लाभदायक
दाँतको समस्या वा सास गह्नाउने समस्याबाट हैरान हुनुहुन्छ भने यसबाट छुटकारा पाउन अम्बाको सेवन प्रभावकारी हुन्छ । अम्बाको कलिलो पातहरू चपाउँदा दाँतको समस्याहरूमा फाइदाजनक हुन सक्छ । यसका साथै अम्बाको पात चपाउँदा दाँतको दुखाइ पनि कम हुन्छ ।

यो पनि
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested