English

काठमाडौं मेयरका लागि कांग्रेसबाट नाम सिफारिस



नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ। महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो।

सत्ता गठबन्धनमा काठमाडौं महानगरको मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको छ। तर, कांग्रेसले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ।

समितिले एक नम्बरमा वडाध्यक्षसमेत रहेका शाक्य, दोस्रो नम्बरमा सिंह, तेस्रो नम्बरमा काठमाडौंकी उपमेयर खड्गी, चौथो नम्बरमा वैद्य र पाँचौं नम्बरमा रञ्जितको नाम सिफारिस गरेको छ ।

तर, काठमाडौं मेयरका लागि चर्चामा रहेका तीर्थराम डंगोलको नाम सिफारिससमेत गरिएन । पूर्वमन्त्रीसमेत रहेका डंगोल संस्थापन पक्षका नेता हुन् । सोही कारण महानगर समिति सभापति शाक्यले उनको नाम सिफारिस नगरेको कांग्रेस काठमाडौंका एक नेताले बताए ।

सिफारिस भएका रञ्जितबाहेक चारैजना प्रकाशमान सिंह निकट नेता हुन् । कांग्रेसबाट काठमाडौं मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित रहेको नेताहरू बताउँछन् ।

यो पनि…
प्रकाशमान सिंह : सभापतिको दौडधुपसँगै ससुरा पनि बन्ने सुरसार
लुम्बिनीमा कांग्रेस : गठबन्धनको विषयमा संस्थापन र इतर समूह बाझिए



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested