English

नमुनाको मास्क फेसन सो (फोटो फिचर)



नमुना कलेज अफ फेसन टेक्नोलोजीमा स्नातक अध्ययनरत डिजाइनरहरूले आफ्नो सृजनशीलतालाई पहिरनमा प्रस्तुत गरे ।

यस पटक प्रस्तुत गरिएको ग्र्याजुएसन फेसन सोमा नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्य, धैर्यता, निर्भीकता, निडरता, विनम्रता लगायतलाई प्रस्तुत गरियो । नारी जीवन र व्यक्तित्वका बहु आयामिक गौरवशाली पक्षहरूलाई ‘अस्तित्व’ शीर्षक अन्तर्गत आठ वटा विभिन्न सिक्वेन्समार्फत विभिन्न स्वरूप, डिजाइन र शैली प्रस्तुत गरिएको थियो ।

७९ वटा पहिरनहरूमा चाहे त्यो फ्याब्रिकको छनौट होस् वा रङ्गको सम्मिश्रण, डिजाइन र शैलीको विविधता होस् हरेक पहिरनले नारी व्यक्तित्वलाई आकर्षक ढङ्गबाट प्रस्तुत गरेको देख्न पाइयो ।

चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्टको अन्तिम परीक्षा अन्तर्गतको उक्त फेसन शोको अर्को महत्त्वपूर्ण पाटो मास्कको फेसन पनि रह्यो ।

हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरू मञ्चमा उत्रिदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रूपमा सम्बोधन गर्न खोजिएको थियो । यो बाहेक फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरूपमा सजाइएको पुतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता छाएको थियो ।

नमुना कलेज अफ फेसन टेक्नोलोजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरू रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त फेसनमय यात्रा कार्यक्रमका कोरियोग्राफर रोजिन शाक्यको रनवे हिँडाइ पछि बिट मारेको थियो । उक्त फेसन कार्यक्रममा २० जना युवती मोडलहरूले प्रस्तुति दिएका थिए । जस अन्तर्गत आधा प्रतिशत व्यावसायिक मोडलहरू थिए भने आधा प्रतिशत नमुना कलेजमै विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थी डिजाइनरहरू थिए ।

तस्विरहरूः महेश प्रधान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested