English

विदेशी मुद्राको सञ्चितिमा सुधार ल्याउन एनआरएनएको अन्तर्क्रिया



गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन गैरआवासीय नेपालीसँग अन्तर्क्रिया गर्ने भएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को साेमबारकाे आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक संकट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको हो ।

बैठकले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई समाधान गर्न अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका अधिकारी र अर्थविद्लगायतको उपस्थितिमा बुधबार बृहत अन्तर्क्रिया गर्ने निर्णय गरेको छ ।

विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने र उक्त खातामा कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकले विदेशबाट अनलाइनमार्फत् डलर खाता खोल्दा, डलर पठाउँदा, सो खातामा बचतमा राख्दा र आवश्यक परेका बेला उक्त रकम फिर्ता लैजाँदा आउने समस्या तथा मौद्रिक नीतिले गैरआवासीय नेपालीलाई पारेको अप्ठ्यारोका बारेमा अध्ययन गरी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने उद्देश्यले उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कार्यदलमा संघका सबै उपाध्यक्ष सदस्य छन् । अर्थमन्त्री जनार्दन शर्माले सोमबार मुलुकको आर्थिक परिदृश्यबारे विदेशस्थित कूटनीतिक नियोगका प्रमुखलाई जानकारी गराउँदै विप्रेषण अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा लाग्न निर्देशन दिएका थिए ।

यो पनि…
शेयर बजारमा इतिहास कायम भएको वर्ष

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested