English

दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो



इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

शनिबार रात भएको खेलमा बैंग्लोरले क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै बैंग्लोर ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

१९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ मात्रै बनाएपछि बैंग्लोर विजयी भएको हो ।

दिल्लीका ओपनर डेविड वार्नरले सर्वाधिक ६६ रन बनाएका थिए । ओपनर पृथ्वी शा १६ रनमा आउट भए । कप्तान ऋषभ पन्त ३४, शार्दूल ठाकुर १७, मिचेल मार्श १४, अक्षर पटेल र कुलदीप यादव १०/१० र ललित यादवले एक-एक रन मात्रै जोडे ।

बेंगलोरका जोश हेजलवुडले तीन, मोहम्मद शिराजले २ र वानिन्डु हसरंगा डे सिल्भाले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंग्लोरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८९ रन बनाएको थियो। बैंग्लोरका दिनेश कार्तिकले ६६ र ग्लेन म्याक्सवेलले ५५ रनको अर्धशकीय पारी खेले । यस्तै, शहबाज अहमद ३२, विराट कोहली १२, फाप डु प्लेसिसले ८ र सुयश प्रभुदेसाइले ६ रनको योगदान गरे । अनुज रावत भने पहिलो बलमा आउट भएका थिए ।

दिल्लीका शार्दूल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले समान एक/एक विकेट लिए ।

बैंग्लोरले हालसम्म पाँच खेल खेलको छ । लगातार तीन खेल तिलेको बैंग्लोर चौथो खेल भने चेन्नेई सुपर किंससँग हारेको थियो । पुन: पाँचौं खेल जितेर बंग्लोरले अंक तालिकामा सुधार गरेको छ ।

यो पनि…
कस्तो रह्यो वर्ष २०७८ मा नेपाली क्रिकेट ?
नेपालले जितेपछि प्रशिक्षक अल्मुताइरीले के भने ?



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested