English

दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो



इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

शनिबार रात भएको खेलमा बैंग्लोरले क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै बैंग्लोर ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

१९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ मात्रै बनाएपछि बैंग्लोर विजयी भएको हो ।

दिल्लीका ओपनर डेविड वार्नरले सर्वाधिक ६६ रन बनाएका थिए । ओपनर पृथ्वी शा १६ रनमा आउट भए । कप्तान ऋषभ पन्त ३४, शार्दूल ठाकुर १७, मिचेल मार्श १४, अक्षर पटेल र कुलदीप यादव १०/१० र ललित यादवले एक-एक रन मात्रै जोडे ।

बेंगलोरका जोश हेजलवुडले तीन, मोहम्मद शिराजले २ र वानिन्डु हसरंगा डे सिल्भाले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंग्लोरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८९ रन बनाएको थियो। बैंग्लोरका दिनेश कार्तिकले ६६ र ग्लेन म्याक्सवेलले ५५ रनको अर्धशकीय पारी खेले । यस्तै, शहबाज अहमद ३२, विराट कोहली १२, फाप डु प्लेसिसले ८ र सुयश प्रभुदेसाइले ६ रनको योगदान गरे । अनुज रावत भने पहिलो बलमा आउट भएका थिए ।

दिल्लीका शार्दूल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले समान एक/एक विकेट लिए ।

बैंग्लोरले हालसम्म पाँच खेल खेलको छ । लगातार तीन खेल तिलेको बैंग्लोर चौथो खेल भने चेन्नेई सुपर किंससँग हारेको थियो । पुन: पाँचौं खेल जितेर बंग्लोरले अंक तालिकामा सुधार गरेको छ ।

यो पनि…
कस्तो रह्यो वर्ष २०७८ मा नेपाली क्रिकेट ?
नेपालले जितेपछि प्रशिक्षक अल्मुताइरीले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested