English

यौन सम्पर्कबाट यस कारण टाढा रहन्छन महिला



यौनको मामिला महिलाले पुरुषलाई स्वार्थी थान्छन्, किनकी उनीहरूले महिलाको सन्तुष्टिलाई बेवास्ता गर्छन् । यद्यपि यो सबैमा लागु हुँदैन । तर, एउटा समयमा महिलाहरू यौन गतिविधि वा शारीरिक सम्बन्धबाट टाढा रहने अनुसन्धानले देखाएको छ ।

महिला आफ्नो यौन जीवनबाट असन्तुष्ट हुनुका धेरै कारणहरू छन्, जस्तै पहल नगर्ने र खुलेर आफ्नो यौन इच्छा व्यक्त गर्न हिचकिच्याँउने ! त्यी मध्ये केही यस्ता छन् ।

भावनात्मक बन्धनको कमजोरी

यौन सम्पर्क सँगसँगै महिलाले प्रेमको पनि आभास गर्न रुचाउँछन्, उनीहरू यो भावना कायम नै रहोस् भन्ने चाहन्छन् । यदि सम्बन्धमा माया, सम्मान र स्नेह नपाएको महसुस भयो भने उनीहरू चाँडै यौन सम्पर्कबाट टाढा हुन्छन् ।

व्यस्तता

आजकल सबै आफ्नो काममा व्यस्त हुन्छन् जसले गर्दा उनीहरूमा थकान महसुस हुन्छ । जब व्यक्ति शारीरिक रूपमा थकित हुन्छ, त्यति बेला सेक्स गर्ने इच्छा पटक्कै उत्पन्न हुँदैन ।

सेक्समा सन्तुष्टिको कमी

धेरै अनुसन्धानमा यो खुलासा भएको छ कि त्यस्ता धेरै महिला छन् जसले आफ्नो यौन जीवनमा कहिल्यै चरम सुखको अनुभव प्राप्त गरेका छैनन् । वैवाहिक सम्बन्धमा वा प्रेम सम्बन्धमा लामो समयसम्म यौन सन्तुष्टि नहुँदा महिला यौनप्रति चासो राख्दैनन् ।

असहज महसुस गर्नु

पुरुषको तुलनामा महिलाहरू आफ्नो शरीरको बारेमा बढी संवेदनशील हुन्छन् । तौल बढ्नु वा स्ट्रेच मार्क्स जस्ता कारणले गर्दा उनीहरूको शरीरमा आत्मविश्वास घट्छ । उनीहरू कपडा नलगाई आफ्नो पार्टनरको अगाडि देखा पर्न हिचकिचाउँछन् । यसले यौन सम्बन्धलाई पनि असर गर्छ । यौन सम्पर्कको क्रममा आनन्द लिनुको सट्टा आफ्नो शरीरको बारेमा सोचिरहेका हुन्छन् । त्यसैले यौन सम्पर्कबाट टाढा हुन्छन् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested