English

सडकमै दाहसंस्कार



भारतको राँचीमा कोरोना भाइरस (कोभिड १९) कारण मृत्यु हुनेको संख्या दिनदिनै बढ्न थालेपछि शव व्यवस्थापनमा समस्या भएको छ ।

पछिल्ला १० दिनमा भारतको राँचीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या अचानक बढ्न थालेपछि शव जलाउनका लागि ठाउँको अभाव हुन थालेको हो । आईतवार ६० जनाको शवको दाहसंस्कार भएको र यी मध्ये १२ शव कोरोना संक्रमितको रहेको बताइएको छ । मानिसले शव जलाउनको लागि धेरै समय कुरे पनि पालो नआएपछि उनीहरुले पार्किङ वा हिँड्ने सडकमै शव राखेर जलाएका हुन् ।

यी सबैको दाहसंस्कार सामूहिक चिता बनाएर गरिएको हो । भारतमा हिजो (आईतवार) अहिलेसम्मकै सबैभन्दा धेरै १ लाख ६९ हजार ९१४ जनालाई कोरोना संक्रमण भएको थियो भने ९०४ जनाको निधन भएको छ ।

भारतमा अहिलेसम्म १ करोड ३५ लाख २७ हजार ७१७ जनालाई कोरोना संक्रमण भएको छ भने १ लाख ७० हजार मानिसको ज्यान गएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested