English

टाउको दुख्ने समस्या र समाधानका उपाय



टाउको दुख्ने समस्या कहिल्यै नभोगेका नेपाली कम नै होलान् । तपाईंलाई पनि कुनै न कुनै समयमा टाउको दुख्ने समस्याले सताएको हुनसक्छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको सर्वेक्षणले पनि १५ दशमलव २ प्रतिशत व्यक्तिमा टाउको दुखाइको समस्याका कारण काम नै गर्न नसक्ने अवस्थामा पुगेको देखाएको छ ।

परिषद्ले सन् २०१९ को फेब्रुअरीदेखि मे सम्ममा ५ हजार ५ सय ९३ जनामा सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणका अनुसार १५ दशमलव २ प्रतिशत व्यक्तिहरू गम्भीर रूपमा टाउको दुख्ने समस्याका कारण घरायसी तथा अन्य कार्य नै गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ ।

चिकित्सकका अनुसार टाउको दुख्नुको कारण पनि विभिन्न किसिका हुन्छन् । टाउको दुखाइको कारण पत्ता लगाउन कुन भागमा दुखेको छ भनेर थाहा हुनुपर्छ ।

टाउकोको फरक–फरक भागमा हुने दुखाइले फरक–फरक रोगको संकेत जनाउँछ । आज हामी तपाईंलाई टाउकोको कुन भागमा हुने दुखाइले कस्तो रोगको संकेत गर्छ भनेर जानकारी दिदैछौं ।

– यदि, तपाईंलाई आफ्नो टाउँको भारी महसुस हुन्छ र थिचिए जसरी छट्कीएर दखिरहन्छ भने तपाईंलाई धेरै तनाव भएको हुनसक्छ । मानिसलाई धेरै तनाव भएर पूरै टाउको भारी भएर दुख्ने गर्छ ।

– के तपाईंलाई हेरक महिना चार पटकसम्म नियमित रुमा टाउको दुख्छ ? टाउको दुखाइ सुरु हुनअघि आफूलाई टाउको दुख्ला जस्तो अनुभव हुन्छ ? वा टाउको दुख्नु भन्दा अगाडि नै आफूलाई टाउको दुख्न लागेको थाहा हुने गर्छ भने तपाईंमा माइग्रेनको समस्या भएको हुनसक्छ । पटक–पटक टाउको दुख्नु र टाउको दुख्नु अगाडि टाउकोको आधा भाग मात्र दुख्छ भने त्यो माइग्रेनको समस्याले टाउको दुखेको हुनसक्छ ।

– तपाईंको टाउकोको अगाडिपट्टिको भाग टन्किएर दुख्छ र टाउको उठाउन गाह्रो हुन्छ भने तपाईंलाई पिनास भएको हुनसक्छ । पिनास भएको समयमा पनि मानिसमा टाउको दुख्ने गर्छ ।

– यदि टाउकोको अगाडिपट्टि दुख्ने, आँखा गल्ने, टाउको गल्ने समस्या छ भने तपाईंको आँखाको पावर नमिलेको हुनसक्छ ।

– यदि तपाईंको टाउकोको पछाडि भाग मात्र दुख्छ भने तपाईको रक्तचाप अनियन्त्रित भएको हुनसक्छ । रक्तचाप धेरै वा कम हुन टाउकोको पछाडिको भाग दुख्ने गर्छ ।

टाउको दुखाइको कारण पत्ता लगाएर सोही अनुसारको चिकित्सक उपचार गर्दा टाउको दुखाइ कम गर्न सकिन्छ ।

यो पनि…
मिर्गौला खराब हुने कार

महिनावारीको पेट दुखाइबाट छुटकारा पाउने घरेलु उपाय
डेलिभरीपछि यसरी घटाउनुहोस् आफ्नो तौल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested