English

कुकुरको ‘बेबी सावर’ मा पाहुना बोलाएर भव्य भोज



के गाउँ, के सहर ? अचेल ‘बेबी सावर’ले पछिल्लो समय फेसनकै रूप लिन थालेको छ । संसारमा घरपालुवा जनावर कुकुरलाई माया गर्ने र परिवारको सदस्यको रूपमा स्वीकार गर्ने धेरै छन् । यस्तै, एक कुकुर प्रेमीले गर्भवती कुकुरका लागि ‘बेबी सावर’ पनि गरिदिएका छन् ।

त्यो पनि पाहुनालाई बोलाएर भव्य भोजको आयोजना गरियो । तर, अब यो आधुनिक संस्कार केवल मानवजातिमा मात्र सीमित रहेन । किनकि, भारतको तमिलनाडुमा एउटा गर्भवती कुकुरका लागि समेत ‘बेबी सावर’को आयोजना गरिएको छ ।

तमिलनाडुको एक परिवारले आफ्नो घरमा पालेको कुकुर गर्भवती भएसँगै ‘बेबी सावर’को कार्यक्रम गराएको छ । बेबी सावर समारोहमा परिवारका सबै सदस्य उपस्थिति हुनुका साथै भोजको समेत आयोजना गरियो ।

सोसल मिडियामा सार्वजनिक भएको भिडियोमा गर्भवती कुकुरलाई टीका र मालाका साथै गाउन लगाइदिएर पूजा गरिएको छ ।

पूजापछि गर्भवती कुकुरलाई विभिन्न पाँच थरी भात खुवाइएको छ । ‘डाबू’ नामक उक्त गर्भवती कुकुरको ‘बेबी सावर’ कार्यक्रममा परिवारका सदस्यहरू निकै खुसी मनाइरहेका देखिन्छन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested