English

विश्वका ५ महँगा घोडा



संसारकै पहिलो घोडा ६५ करोड वर्ष पहिले नर्थ अमेरिकाको ग्रासल्याण्डमा विकसित भएको मानिन्छ । उक्त समयदेखि नै सवारी, भारी बोक्न, रेसिङ र प्रजनन जस्ता कार्यका लागि घोडाको प्रयोग हुँदै आएको छ ।

संसारमा करिब ४ सय भन्दा बढी घोडाका प्रजातिहरू छन् । जसमध्ये केही यस्ता घोडा छन्, जुन युनिक त छन् नै, तिनको मूल्य पनि निकै महँगो छ ।

५.पेन्ट घोडा

कालो र खैरो छालामा सेतो धब्बाले भरिएको यो घोडालाई विश्वकै सुन्दर मानिएको छ । शरीरमा स्पट अर्थात् धब्बा भएका घोडाहरूलाई क्वार्टर घोडा वा थोरोब्रिडसँग प्रजनन गराएर बनाइएको यो एक तीव्र गति र उच्च स्ट्यामिना भएको सुन्दर अमेरीकन ब्रिड हो । यी प्रजातिका घोडाहरू सुन्दरताका कारण विभिन्न चलचित्र र सङ्गीतका दृष्यहरूमा प्रयोग गरिएको छ । यो प्रजातिको घोडाको मूल्य २३ हजार अमेरिकी डलर अर्थात् नेपाली २७ लाख ४५ हजार रुपैयाँ भन्दा माथि पर्छ ।

४.फ्राइसियन

सुन्दर र चम्किलो कालो छाला भएको यो कालो घोडा यसको उत्सुक र बुद्धिमानी प्रकृतिकै कारण लोकप्रिय भएको हो । भयानक, अराजक र लथालिङ्ग अवस्थामा पनि शान्त भएर बस्न सक्ने यो घोडालाई युद्धहरूमा प्रयोग गरिन्छ । उच्च गति, स्ट्यामिना र बलियो शरीर भएको यो घोडा युद्धको जनावरकोे नामले पनि चिनिन्छ । यसको मूल्य २५ हजार मिलियन अमेरिकी डलर अर्थात् नेपाली २९ लाख ८३ हजार रुपैयाँभन्दा माथि पर्छ ।

३.क्वार्टर घोडा

अमेरिकाको लोकप्रिय घोडाको प्रजातिमध्ये क्वार्टर घोडा पनि एक हो । संसारकै सबैभन्दा छिटो दौडिन सक्ने घोडा भनेर चिनिने यो घोडा टिम रोपिङ, काल्फ रोपिङ र ब्यारल रेसिङ जस्ता प्रतियोगिताहरूमा प्रयोग हुने गरेको छ । प्रतिस्पर्धामा यी प्रकृतिका घोडा अरु कुनै पनि प्रजातिका घोडाहरूलाई मात्रै केही क्षणमै उछिनिदिन्छन् । रेसिङमा एक माइलको क्वार्टरभित्र नै अन्य घोडाहरूलाई उछिन्ने भएकोले यसको नाम क्वार्टर घोडा रहन गएको हो । यसको मूल्य ५० हजार अमेरीकी डलर अर्थात् नेपाली ५९ लाख ६७ हजार रुपैयाँ भन्दा माथि पर्छ ।

२.थोरोब्रेड

इङ्ल्याण्डमा रेसिङको लागि प्रयोग हुने यो घोडा स्थिरता र सन्तुलन कायम गर्ने बलिया र छोटा खुट्टाका लागि लोकप्रिय रहँदै आएको छ । चौडा छाती, पातलो शरीर र छोटो पिठ्युँ भएको यो घोडा यसको तीव्र गति र उच्च स्ट्यामिनाकै कारण रेसिङमा प्रयोग गरिएको हो । यो घोडाको मूल्य करिब ९० हजार अमेरिकी डलर अर्थात् नेपाली १ करोड ७ लाख ४१ हजार रुपैयाँ भन्दा माथि पर्छ ।

१.अरबियन घोडा

महँगा घोडाहरूमध्येकै सबैभन्दा उच्च स्थानमा पर्ने यो प्रजातिको घोडा मानव सभ्यतालाई थाहा भएअनुसार सबैभन्दा पुरानो नश्लको हो । सन् १९८० देखि नै लोकप्रिय रहँदै आएको यो घोडा अरबमा प्रजनन गरिन्थ्यो । सुन्दर आकार भएको यो मिलनसार घोडा पछि अमेरिकामा पनि लोकप्रिय हुँदै गयो । यो घोडाको मूल्य १ मिलियन अमेरिकी डलर अर्थात् नेपाली १ करोड १९ लाख ३५ हजार रुपैयाँ भन्दा माथि पर्छ । अतुलनीय आकार र सुन्दरताकै कारण यस प्रजातिको घोडा एक नम्बरमा पर्न सफल भएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested