English

सेयर बजारमा आज पनि दोहोरो अङ्कले गिरावट



सेयर बजार आज बुधबार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो दुई दिन लगातार उच्च अङ्कले घटेको नेप्से आज २३ दशमलव ३२ अङ्कले घटेर दुई हजार चार सय २८ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज व्यापार, जीवन बीमा र अन्य समूहबाहेक अरू सबै समूहको सेयर घटेको छ ।

दुई सय २६ वटा कम्पनीका ४३ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ९९ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

दुई सय २६ वटा कम्पनीका ४३ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ९९ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालको सेयर १० प्रतिशतले घटेको छ । यस्तै, राष्ट्र उत्थान लघुवित्तको सेयर झन्डै साढे पाँच प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार घटे पनि नेस्डाे समृद्ध लघुवित्तको सेयर १० प्रतिशतले तथा सोल्टी होटल र तारागाउँ रिजेन्सीको सेयर झन्डै चार प्रतिशतले बढेको छ ।

यो पनि
ओरालो लागेको अर्थतन्त्रप्रति सरकारको चासो
नेप्सेमा ठूलो पहिरो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested