English

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्री दर १२० रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ चार पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ तीन पैसा र बिक्री दर १५८ रुपैयाँ ८२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९८ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ८२ पैसा र बिक्री दर ९२ रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ तीन पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७९ पैसा र बिक्री दर ९ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ छ पैसा र बिक्री दर ३२ रुपैयाँ २२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९२पैसा र बिक्री दर ३३ रुपैयाँ आठ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९२ पैसा र बिक्री दर नौ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यो पनि…
ह्वात्तै बढ्यो कागतीको मूल्य, एक किलोग्रामको कति ?
चोभार सुक्खा बन्दरगाह : यस्तो छ निजी क्षेत्रको प्रतिक्रिया



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested