English

हमला प्रभाव : बालबालिकाको शरीरमा पारिवारिक विवरण



रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरीरमा पारिवारिक विवरण लेख्न थालेका छन् । युद्ध प्रताडि युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् ।

‘युक्रेनी आमाहरूले आफ्ना छोराछोरी मारिए र उनीहरूको बच्चा बाँचेको अवस्थामा तिनीहरूको शरिरमा पारिवारिक सम्पर्कहरू लेख्छन् । युरोप अझै ग्यासको बारेमा छलफल गरिरहेको छ,’ एक स्वतन्त्र पत्रकार अनास्तासिया लापाटिनाले ट्वीटरमा लेखेकी छिन् ।

‘युद्धमा आफूहरु मारिने र बच्चा बाँच्न सक्ने अवस्था आउन सक्ने भएकाले युक्रेनी महिलाले आफ्ना बच्चाहरूको शरिरमा पारिवारिक सम्पर्क लेखिरहेका छन् । र, युरोप भने अझै ग्यासबारे बहस भइरहेको छ’, स्वतन्त्र पत्रकार अनास्तासिला लापातिनाले ट्विट गरेका छन् ।

उक्त तस्बिर बालिकाकी आमा साशा माकोभीले तीन दिनअघि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । पोष्ट स्थानीय भाषामा छ । ‘यदि केही भयो भने कसैले उनलाई जीवित रूपमा स्वागत गर्नेछ ’ भनेर महिलाले आफ्नी छोरी भेराको नाम उनको शरीर पछाडि लेख्ने निर्णय गरेको बताइन्छ ।

अर्को तस्बिरमा माकोभीले आफ्नो परिवार सुरक्षित छ । उक्त तस्बिरप्रति प्रतिकृया जनाउँदै एक ट्विटर प्रयोगकर्ताले भने, ‘ह्दयविदारक । कुनै शब्द छैन ।’

यो पनि
अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग
रुसी हमलामा मारिए फक्स न्युजका पत्रकार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested