English

बुधबारसम्मको मौसम अवस्था



यतिखेर नेपालमा भारतको बिहारमा रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ । सोमबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार
भोलि मंगलबार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने छ ।

बुधबार
पर्सी बुधबार प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने छ ।
यो पनि..
पसिनाको दुर्गन्ध यसरी हटाउनुहोस्

बिहान सबेरै उठ्ने र दिनभर ऊर्जावान् रहने ५ उपाय
दूध र दहीको सेवन कति फाइदाजनक ?
महिलाले बिहान खानुहोस् यी चिज



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested