English

प्राविधिक औजार बनाउँदै गण्डकी विश्वविद्यालय



गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर उपकरण र औजार उत्पादनको तयारी थालेको हो ।

यसका लागि आविष्कार केन्द्रसँग सम्झौता गरिसकेकाे छ । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

केही समयभित्रै ६ थरीका औजार उत्पादन गर्न लागेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका राजिष्ट्रार डा. कैलाश तिमिल्सीनाका अनुसार इनोभेसन सेन्टरको भवन निर्माण भइसकेको छ । ‘साढे दुई करोडका सामान ल्याइसक्यौं । धेरै औजार खरिद प्रक्रियामा छन्,’ उनले भने, ‘हाम्रो जोड आविष्कारमा हो । पढाइसँगै प्रविधिसँग हिँडाउने विश्वविद्यालयको प्रयास छ ।’ ७० वटा औजार खरिद प्रक्रियामा रहेको उनले बताए ।

गण्डकी आफैँले बिजुलीबाट बाल्ने चुलो, अलैंची सुकाउने उपकरण, हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन उत्पादन गर्न लागिएको छ ।

प्रदेशको आवश्यकता अनुसारका उपकरण निर्माण गर्न लागिएको उनले बताए । गण्डकी विश्वविद्यालयले कोदोको रक्सी ब्राण्डिङ गर्ने तयारी साथ अनुसन्धान गरिरहेको छ ।

अहिले विश्वविद्यालयबाट नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेन्टसहित, फार्मेसी र आइटीको पढाइ शुरु भएको छ । बीबीए र बीएएलएलबीको कार्यक्रम शुरु गर्न लागिएको कुलपति गुरुङले बताए । नेपालमै पहिलोपटक प्रदेश सरकारले विश्वविद्यालय सञ्चालन गरेको हो । छिटै मेडिकल कलेज सञ्चालनमा ल्याउन लागिएको गुरुङको भनाइ छ ।

यो पनि
नेपालमै बन्यो भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकैपटक हजारौँ फोनमा ‘भ्वाइस एसएमएस’
‘एफ–२२’ फाइटर जेटलाई सेवाबाट हटाउँदै पेन्टागन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested