English

लुम्बिनीमा कांग्रेस : गठबन्धनको विषयमा संस्थापन र इतर समूह बाझिए



लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर समूह चुनावी गठबन्धनको विपक्षमा देखिएको छ । प्रदेशका कतिपय जिल्लामा चुनावी गठबन्धनको तयारी भइरहेका बेला कांग्रेसको संस्थापन इतर समूहले भने आफूलाई गठबन्धनको विपक्षमा उभ्याएको हो ।

लुम्बिनी प्रदेशका कतिपय जिल्लामा गठबन्धन गरेर चुनाव लड्ने तयारी भइरहेका बेला इतर समूहको यस्तो धारणा आएको हो । अर्घाखाँचीमा पाँच दलले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् भने रुपन्देहीमा चुनावी तालमेलका लागि संयन्त्र गठन गरिएको छ ।

तर, यसमा देउवा समूहका नेता मात्रै सहभागी छन् । रुपन्देहीमा संयन्त्र गठन गर्ने बैठकमा पनि संस्थापन निकट नेता मात्रै सहभागी थिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस कमजोर हुने बताए । ‘कांग्रेस कमजोर हुनेगरी गरिने गठबन्धन हामीलाई स्वीकार्य छैन,’ उनले भने ।

सभापति पुनले कांग्रेस एक्लै चुनाव लड्दा पनि दुईतिहाइ स्थानीय तह जित्ने दाबी गरे । यद्यपि, स्थानीय तहका पार्टी तहका कमिटीले निर्णय गरे मात्रै तालमेल सम्भव हुने उनको भनाइ छ । ‘यसको जिम्मा पालिका कमिटीलाई नै छोडिदिनुपर्छ, कसैले निर्णय लादेको भरमा तालमेल सम्भव छैन,’ उनले भने ।

‘आमकार्यकर्ताको चाहना तालमेल नहोस् भन्ने छ, कार्यकर्ताको भावनाविपरीत अघि बढ्न खोजिए नसोचेको परिणाम आउँछ,’

कार्यकर्ताको भावनाविपरीत तालमेल गरिए अनपेक्षित परिणाम आउने पनि उनले चेतावनी दिए । ‘आमकार्यकर्ताको चाहना तालमेल नहोस् भन्ने छ, कार्यकर्ताको भावनाविपरीत अघि बढ्न खोजिए नसोचेको परिणाम आउँछ,’ सभापति पुनले भने ।

नेपाली कांग्रेस बुटवल उपमहानगर कमिटी सदस्य खेलराज पाण्डेले जिल्लामा गठबन्धनको संयन्त्र गठन भएकोबारे आफूलाई जानकारी नभएको बताए ।

संस्थापनइतर समूहका नेता पाण्डेले भने, ‘म काठमाडौंमा थिएँ, तालमेलका लागि संयन्त्र गठन भएकोबारे मलाई जानकारी भएन ।’ कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले पार्टीलाई कमजोर पार्ने भूमिका कसैले खेल्न नहुने बताए ।

यो पनि
भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोडे यी परम्परा
देउवाको प्रश्न : ‘भोलि एमाले र माओवादी मिले के गर्ने ?’ 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested