English

राष्ट्रपति जेलेन्स्कीले सोधे- रूसी सेनाको लक्ष्य के हो ?



युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रूसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

शनिबार राति भिडियो सम्बोधनमा उनले भने, ‘रूसी सेनाको लक्ष्य के हो ? उनीहरूले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन चाहन्छन् ।’

आफूहरूको उद्देश्य देशको रक्षा गर्नु भएको उनले बताए । ‘हाम्रो लक्ष्य के हो त ? हामी आफैंलाई, हाम्रो स्वतन्त्रता, हाम्रो भू–भाग र हाम्रा नागरिकहरूको रक्षा गर्नु हो ।’, उनले भने ।

रूसी सेनाले घेरा हालेको दक्षिणी बन्दरगाह शहर मारिओपोललाई रक्षा गर्न सफल भएकोमा उनले युक्रेनी फौजको प्रशंसा गरे ।

मारिओपोल र अन्य युक्रेनी शहरहरूमा युक्रेनी प्रतिरोधले किभलाई अमूल्य समय’ प्राप्त गर्न अनुमति दिएको र रूसी सैन्य क्षमतालाई कमजोर बनाउन मद्दत गरेको उनको भनाइ थियो ।

यसै साताको सुरुममा रूसले राजधानी किभ र उत्तरी शहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वी युक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो ।

यो पनि…
श्रीलंकामा देशव्यापी कर्फ्यू

मेरो ज्यान जोखिममा छ : प्रधानमन्त्री खान
यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested