English

बुद्धि तामाङका फ्यान : ढुङ्गा हान्नेदेखि थरथर काँप्नेसम्म



रङ्गमञ्चबाट अभिनय यात्रा शुरु गरेका बुद्धि तामाङले ‘मेरी बास्सै’ टेलिसिरियलमा अभिनय गरेसँगै धेरै चर्चा कमाएका छन् । यही सिरियलको ‘हैट’ थेगोले उनलाई दर्शक माझ परिचित गरायो । चलचित्र ‘कबड्डी’बाट पनि उनले धेरै दर्शकको माया पाए ।

पछिल्लो समय एकदमै व्यस्त कलाकारको सूचीमा पर्छन् उनी । उनलाई माया गर्ने फ्यानहरूको सङ्ख्या पनि दिनप्रति दिन बढ्दो छ । आफ्ना धेरै फ्यानहरूमध्ये केही अनौठा फ्यानलाई उनी यसरी सम्झन्छन् ।

ढुङ्गा हान्ने फ्यान

एउटा फिल्मको सुटिङको सिलसिलामा मुस्ताङ गएको थिएँ । त्यहाँ पुग्दै गर्दा हामीलाई हेर्न र भेट्नका लागि धेरै मानिसहरूको भीड थियो । त्यही क्रममा म अघि बढ्दै थिए ।

एक जना आमाको उमेरको महिलाले मलाई बारीको पाटाबाट एउटा ढुङ्गा टिपेर हान्नुभयो र मलाई हेरेर हाँस्दै भन्नुभयो ‘ए यो त हैट पो रहेछ ।’ मलाई सानो चोट पनि लागेको थियो । तर, ती आमा मलाई भेटेर खुसी भएको देखेर चोट बिर्सें ।

२५ पटकसम्म लगातार फोन गर्ने फ्यान

कोही फ्यान त साँच्चै अनौठा हुन्छन् । एक जना फ्यान त्यस्तै हुनुहुन्थ्यो । एक जनाले तपाईंसँग काम छ नम्बर दिनुस् त भनेर माग्नुभएको थियो । काम होला नि त भनेर मैले पनि नम्बर दिएँ । पछि, त्यो फ्यानले पटक–पटक फोन गरेको गर्यै गर्ने एकपटक त २५ पटकसम्म फोन गर्नुभएछ । मलाई दिक्क लागेर नम्बर नै ब्लक गरिदिएँ ।

मलाई भेटेर थरथर काँप्ने फ्यान

एउटा कार्यक्रमकै सिलसिलामा अस्ट्रेलिया गएको थिएँ । कार्यक्रम सकिएपछि एक्लै घुम्न निस्किएको थिएँ । बाटोमा एक जना नेपालीसँग भेट भयो । उहाँले मलाई चिनिहाल्नुभएछ । नजिक आउनुभयो र काँप्न थाल्नुभयो । उहाँ काँपेको देखेर मलाई अचम्म लाग्यो । के भयो भनेर सोधेँ ‘म तपाईंको ठूलो फ्यान हुँ तपाईं हो भनेर विश्वास नै लागेन एकपटक छुन्छु ल’ भन्नुभयो । ती फ्यानलाई पनि म सम्झिरहन्छु ।

‘आई लभ यु बुद्धि’ भन्ने फ्यान

प्रेम प्रस्ताव राख्ने फ्यान पनि धेरै नै हुनुहुन्छ । ‘आई लभ यु बुद्धि’ भन्दा धन्यवाद भन्ने खाल्को मान्छे परे फेरि आफू । एकपटक त्यसै भएको छ । एक जना महिला फ्यानले फोन गरेर ‘आई लभ यु बुद्धि’ भन्नुभयो । मैले उत्तरमा धन्यवाद भनेँ । ‘ह्या तपाईंले त मेरो कुरै बुझ्नुभएन’ भन्नुभयो । त्यही त म कुरै बुझ्दिनँ के गर्ने होला भनेर उहाँलाई नै सोधेँ । त्यसपछि भने ‘आई लभ यु’ भन्नुभएको छैन ।

यो पनि
भरतमणिका फ्यान : मुटु दिन्छु भन्नेदेखि उपहार दिनेसम्म
‘बल्छी ध्रुवेका’ फ्यान : सिरियल हेरेर नेपाली बोल्नेदेखि फोटो राखेर केक काट्नेसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested