English

आइपिएल : कसको जित, कसको हार ?



इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा नयाँ टोली गुजरात टाइटन्सले सानदार सुरुवात गरेको छ । सोमबारको खेलमा आइपिएलमा सहभागी अर्को नयाँ टोली लखनउ सुपर जाइन्टलाई पाँच विकेटले हराउँदै गुजरातले सानदार सुरुवात गरेको हो ।

सोमबार वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पूरा गरेको हो । गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । गुजरातका लागि राहुल टेवाटियाले सर्वाधिक ४० रन बनाए ।

कप्तान हार्दिक पान्डय ३, डेभिड मिलर र म्याथ्यु वेडले ३०–३० रन बनाउँदा अभिनव मनोहरले अविजित १५ रन जोडे । लखनउका दुश्मन्था चामिराले २ विकेट हातपारे । पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो ।

लखनउका लागि दीपक होडा ५५ रन र आयुस बाडोनी ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कुर्नाल पाण्डले अविजित २१ रन बनाए । गुजरातका मोहमद शामीले ३ तथा आरोन ब्ररुणले २ विकेट लिए । जितसँगै नयाँ टिम गुजरातले दुई अंक जोडेको छ ।

यो पनि….
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?

आइपिएल : दिल्लीको सानदार जित
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested