English

युद्धबारे जर्मनी, फ्रान्स र बेलायतलाई जेलेन्स्कीले के भने ?



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्रान्सले आफ्नो देशलाई सैन्य सहयोग उपलब्ध गराउन आनाकानी गरिरहेको बताएका छन् ।

द इकोनोमिस्टसँगको अन्तर्वार्ताको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसको आक्रमणलाई लिएर पश्चिम युरोपेली देशहरूले कस्तो सहयोग गरिरहेका छन् वा छैनन् भन्नेबारे बताएका हुन् ।

अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कडा विरोध गरेका हुन् । म्याक्रोँ सैन्य सहयोग प्रदान गर्न असफल रहेको र त्यसको कारण उनी रूससँग डराउनु रहेको जेलेन्स्कीले बताएका छन् । ‘उनीहरू रूससँग डराएका छन्, कुरा स्पष्ट छन्’, उनले भने ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भने हतियार सहयोग गर्न सकारात्मक रहेको र अहिलेसम्म आफ्नो संविधान तथा कानुनी व्यवस्थाले दिएसम्म सहयोग गरिरहेको जेलेन्स्कीले बताए ।

उनले भनेका छन्, ‘स्पष्ट रूपमा भन्दा जोन्सन सहयोग गर्न इच्छुक नेता हुन् । उहाँ सहयोगका सवालमा उदाहरणीय देखिनु भएको छ । पक्कै पनि बेलायत हाम्रो पक्षमा छ । उसले अहिलेको अवस्थामा अर्को विकल्पको खोजी पनि गरेको छैन ।’

जेलेन्स्कीका अनुसार जर्मनीले भने आफूलाई सन्तुलित गर्ने प्रयास गरिरहेको छ । रूससँग जोडिएको लामो इतिहास रहेको र आर्थिक सम्बन्ध पनि सीधा भएकाले उनीहरूले अहिलेको अवस्थालाई आफ्नो अनुकूल हुने गरी सन्तुलित रूपमा प्रक्रिया दिने प्रयास गरिरहेको जेलेन्स्कीले बताएका हुन् ।

यो पनि…
पुटिन रहन सक्दैनन् : बाइडेन
युक्रेन र रूसबीच मंगलबार टर्कीमा वार्ता हुने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested