English

दोहोरो अंकले घट्यो सेयर



साताको दोस्रो दिन सोमबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा सोमबार सेयर कारोबार रकम समेत घटेको छ । नेप्से परिसूचक २९ दशमलव ९८ अंकले घटेर २ हजार ५ सय ४२ दशमलव २८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले घटेको छ । नेप्सेले २५ वाणिज्य बैंकसहित ३६ कम्पनीहरुलाई ‘क’ वर्गमा राखेको छ । नेप्से परिसूचक सुस्ताउँदा यसको असर सेयर कारोबार रकममा समेत परेको छ ।

आइतबार करिब ५ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार २ अर्ब ५४ करोडमै रोकिएको छ । दिनभर भएका ४२ हजार ७१२ कारोबारबाट २३१ धितोपत्रका ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँमा रोकिएको छ ।

यो पनि
आठ महिनामा भित्रियो साढे एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

काठमाडौं, २३ माघ : कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा

काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७

Latest










Popular
Suggested