English

‘कलाकारिताले समाजमा पारेको प्रभावलाई सम्मान गर्नुपर्छ’– बिनिता बुद्धाचार्य (भिडियाे पनि)



भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा चित्रले व्यक्त गर्छ । बिनिता बुद्धाचार्यको हकमा पनि यो वाक्य लागू हुन्छ ।

संस्कृति, सम्पदा र कला–कौशलमा धनी सहर काठमाडौंमा जन्मिएकी बिनिता बुद्धाचार्य अहिले जीवन र जगतलाई कुचीको माध्यमबाट कोर्दै चर्चामा छिन् ।

एक कुशल कलाकारको साथै लेखकसमेत रहेकी उनको पुस्तक ‘राजकुमारी र सुनपति’ बजारमा उपलब्ध छ ।

क्लासिक आर्ट ग्यालरी ललितपुरमा नारी दिवसको दिनदेखि ‘युमन क्रियटिभ एनर्जी’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ । जसमा २६ जना महिला कलाकार सहभागी छन् । त्यस प्रदर्शनीमा बिनिता पनि सहभागी भएकी छिन् । जसमा उनको सिर्जना ‘द हार्ट अफ महासागर’ पनि प्रदर्शनीमा छ । दुई वर्ष अघिदेखि उनी यस प्रदर्शनीमा सहभागिता जनाइरहेकी छिन् ।

हाम्रो पुर्खाले गर्दै आएको कलाकृतिबाट धेरै कुरा सिक्ने मौका पाएँ ।

प्रदर्शनीमा रहेको चित्र ‘द हार्ट अफ महासागर’ले एउटा नारीको लुकेको पक्षलाई देखाउन खोजेको उनी बताउँछिन् । एउटा नारीको मन मस्तिष्क अथवा उसको संसार धेरै ठूलो हुन्छ । त्यसैले, उनी कोही न कोहीसँग जोडिइरहेकी हुन्छिन् । सम्बन्ध अघि बढाउने क्रममा आफ्नो व्यक्तिगत इच्छालाई मनमा नै दबाएर राख्ने बानी महिलाहरूमा हुन्छ । त्यसलाई बाहिर ल्याउनुपर्छ भन्ने कुरालाई यो चित्रले वर्णन गरेको बिनिताको भनाइ छ ।

यो चित्रलाई कोर्ने प्रेरणा उनको वरपरको वातावरण, रीतिरिवाज र पिता पुर्खा भएको उनी बताउँछिन् । ‘हाम्रो पुर्खाले गर्दै आएको कलाकृतिबाट धेरै कुरा सिक्ने मौका पाएँ ।’

सानैदेखि उनको चित्रकलामा रुचि थियो । रुचिको विषयलाई नै आफ्नो करियर बनाउने सोचको साथ उनीले विद्यालय पछिको पढाइमा फाइन आर्टलाई नै रोजिन् । अध्ययनकै क्रममा नेपाल मात्र हैन अन्तर्राष्ट्रिय कलाकारहरूको कलाकारिताको विषयमा पनि उनले जान्ने मौका पाइन् । जसले उनको त्यो रुचिलाई पेसामा बदल्यो ।

नेपाली संस्कृतिसँग जोडिएको जति पनि कलाकारिताहरू छन् । ती कुराहरूले उनलाई चित्र कोर्न र चित्रलाई मानिसको जीवनसँग जोड्न प्रेरणा मिल्छ ।

पढेलेखेका मानिसहरूले त शब्द बुझ्छन् तर जसले पढेलेखेको छैन उनीहरूलाई त शब्द बुझ्न गाह्रो हुन्छ त्यसैले चित्र मार्फत कथा पनि बुझाउन सकिन्छ ।

कला के हो भनेर बुझ्नुभन्दा अगाडिदेखि नै उनी कलाकारितासँग जोडिएको थिइन् । पत्रपत्रिकामा नायक,नायिकाहरूको चित्र देख्ने बित्तिकै कोर्न बासिहाल्थिन् । उनी कक्षा ८ मा पढ्दा नै मयूर पत्रिकामा ‘भिजुअल आर्टिस्ट’ को काम गर्थिन् ।

चित्र मार्फत कथा बुन्ने काममा उनी सिपालु छिन् । ‘पढेलेखेका मानिसहरूले त शब्द बुझ्छन् तर जसले पढेलेखेको छैन उनीहरूलाई त शब्द बुझ्न गाह्रो हुन्छ त्यसैले चित्र मार्फत कथा पनि बुझाउन सकिन्छ ।’

बालबालिकाको कथालाई कसरी नैतिक बनाउने भन्ने कुरामा पनि उनलाई सधैँ चासो रहन्थ्यो । त्यसैलाई ध्यानमा राखेर उनले ‘राजकुमारी र सुनपति’ बालकथा सार्वजनिक गरिन् । लगभग १६ वर्ष उनले बाल साहित्यमा काम गरिसकेकी छिन् ।

बितिनालाई नयाँ–नयाँ प्रयोगात्मक काम गर्न मनपर्छ । चित्रकला, हस्तकला र साहित्य लेखनलगायत विभिन्न क्षेत्रमा काम गरिसकेकी उनलाई समाज रूपान्तरणमा कलाकारको पनि ठूलो भूमिका हुन्छ भन्ने लाग्छ । समाजबाट कलाकार जन्मिएजस्तै समाजलाई कस्तो बनाउने भन्ने कुरा कलाकारले परिभाषित गर्छ भन्ने उनलाई लाग्छ ।

समाजमा कलाकारिताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पुर्याएको हुन्छ । त्यसैले, कलालाई सबैले सम्मानको दृष्टिले हेर्नुपर्ने उनी बताउँछिन् ।

फोटो/भिडियो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि…
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)
नेपाली फिल्मले होलीलाई दिएको छ महत्त्व



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested