English

पीएनजीसँगको खेलमा नेपालको सम्मानजनक हार



त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएकाे दुई सय ९३ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्र बनाउन सक्याे । 

नेपालका लागि युवा ब्याटर राेहित पाैडेलले शतकीय पारी खेले । उनले एक सय सात बलमा एक सय २६ रन बनाए । यस्तै, आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए ।  

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायाे । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नाेर्मान भानुआले ४७ रन बनाए ।

बलिङतर्फ कमल ऐरी, साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।

राेहितको कीर्तिमान

आजकाे खेलमा राेहित पाैडेलले तीन वटा कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै पारीमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

आजकाे खेलमा पाँचौँ विकेटका लागि आरिफ र रोहितले एक सय चार रनको शतकीय साझेदारी गरे । यस्तै, आज नै राेहित पाँच सय रन पूरा गर्ने पहिलाे नेपाली ब्याटर र एकै पारीमा नेपालबाट सर्वाधिक (एक सय २६) रन बनाए । 

यो पनि
युवा ब्याटर रोहितको कीर्तिमान
एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested