English

कर्मचारीले सरकारलाई बुझाए ९ बुँदे ध्यानाकर्षणपत्र



गण्डकी प्रदेशभित्र रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई स्थायी गर्न अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले माग गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र दिएर उनीहरूले सबै कर्मचारीलाई नियमअनुसार स्थायीको माग गरेका हुन् । उनीहरूले सरकारलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

उपदान, औषधी उपचार, महंगीभत्ता, वृद्धि विकासका कार्यक्रम, रोजगारीको निरन्तरतालगायत सुविधा उपलब्ध गराउन माग गरिएको संघका अध्यक्ष हरि पौडेलले जानकारी दिए ।

‘ज्यालादारी, करार कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा सुविधाबाटै वञ्चित गरियो । उनीहरूको मानसिक र शारीरिक तनाव बढी भयो,’ उनले भने, ‘त्यस्ता तानासाही प्रवृत्ति नदेखाउन आग्रह गरेका हौं ।’

२०७० माघमा सर्वोच्च अदालतले अस्थायी, ज्यालादारी र करार कर्मचारीलाई लामो समय स्थायी नगर्ने परिपार्टी बन्द गर्न आदेश दिएको थियो । सरकारले ट्रेड युनियनसँग पनि यस्तै सहमति गरेको थियो ।

ज्ञापनपत्रमा सरकारी कार्यालयहरूमा कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई विना सर्त योग्यता अनुसारको स्थायी गर्न माग गरिएको छ । संघले यसअघि अर्थमन्त्री र प्रमुख सचिवलाई पनि ज्ञापनपत्र दिएर ध्यानाकर्षण गराएको छ ।
यो पनि…
यस्तो पो सामुदायिक विद्यालय !
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र देखाउनुपर्ने
शिक्षक लाइसेन्स परीक्षामा अब वस्तुगत प्रश्न मात्र (पाठ्यक्रमसहित)
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested