English

नेपोलियन बोनापार्टका १० प्रेरणादायी भनाईहरू



१५ अगस्ट १७६९ मा जन्मेका नेपोलियन बोनापार्ट पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाएका एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता हुन् । उनको मृत्यु ५१ वर्षको उमेरमा (५ मे १८२१) भएको थियो ।

जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन् । उनले प्राप्त गरेका कानुनी उपलब्धिहरू नेपोलियोनिक कोडका रूपमा विश्वका दर्जनौं देशमा विभिन्न तहका पाठ्यक्रममा समावेश गरिएका छन् । उनका केही १० प्रेरणादायी भनाईहरू यस प्रकार छन् ।

१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।

२. गरिब नै रहने पक्का उपाय हो, इमान्दार हुनु ।

३. असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।

४. अवसरविना क्षमता केही होइन ।

५. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।

६. कल्पनाले नै संसारमाथि शासन गर्दछ ।

७. कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयम्ले गर ।

८. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो ।

९. एकजनाले गर्न सक्ने सबै गर्नु मानव बन्नु हो भने एकजनाले इच्छ्याएको जति गर्नु ईश्वर बन्नु हो ।

१०. त्यहाँ जम्मा दुइ शक्ति छन्, जसले मानवलाई अघि धकेल्दछ, भय र ईच्छा ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested