English

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि



साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट कायमै देखिएको छ। बिहीबार पनि नेप्से सूचक १६ अंकले घटेको छ। आज नेप्से सूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ६.१७ अंकले घटेको छ।

आज नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम ३ अर्ब आथि पुगेको छ। बिहीबार ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ।

आज राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने इमर्जीङ नेपालको ९.९९ प्रतिशत, यसनाइटेड इदी मर्दिको ९.९३ प्रतिशत,ग्रिन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत रलाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.५९ प्रतिशतले बढेको छ।

यसैगरी बिहीबार नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.६७ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ४.६५ प्रतिशत, माउन्टेन हाइड्रोको ४.१६ प्रतिशत, मैलुङ्ग खोला हाइड्रोपावरको ४.०७ प्रतिशत र सिनर्जी पावरको ३.९४ प्रतिशतले घटेको छ।

जीवन बिकास लघुवित्त र दुरसञ्चार कम्पनीको लाभांश वितरणको लागि आइतबार बुकक्लोज गर्ने भएकोले बिहीबार सबैभन्दा धेरै शेयर कारोबारको भएको छ। यस दिन जीवन विकास लघुवित्तको ३० करोड ६३ लाख र नेपाल दुरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोशेशनको ११ करोड ३१ लाख, अपि पावरको १० करोड ३३ लाख र गुराँश लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यो पनि
आठ महिनामा भित्रियो साढे एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ
फेरि बढेर आयो तेल, पेट्रोल र ग्यासको मूल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested