English

रूस–युक्रेन द्वन्द्वको असर : चाउचाउ पनि अभाव



युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाइँबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ । युक्रेन र रूसबीचको लडाइँले युरोपलाई ‘अलर्ट’ बनाएको छ । तर तेलमा मूल्यवृद्धिको असर भने विश्वभर महसुस गरिएको छ ।

युक्रेन द्वन्द्वको अर्को असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको छ ।

युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो निर्यातकर्ता हो र रूसी आक्रमणपछि युक्रेनी बन्दरगाहहरूमा गतिविधि निकै सुस्त भएको छ ।

तसर्थ गहुँको पिठोबाट उत्पादन हुने इन्डोमी चाउचाउको उत्पादन प्रभावित भएको छ । इन्डोमी ब्रान्डले इन्डोनेसियामा इन्स्ट्यान्ट नुडल्सलको अवधारणालाई पहिलो पटक परिचय र लोकप्रिय बनाएको बताएको छ ।

यो चाउचाउ इन्डोनेसियाली समाजको हरेक क्षेत्रमा लोकप्रिय छ । विद्यार्थीहरूदेखि छिटो खाजा खान चाहने व्यक्तिले यही चाउचाउ चाहन्छन् ।

यो पनि…
विश्व इतिहासका यी घटना, जसलाई भुल्न सकिँदैन
रूस–युक्रेन द्वन्द्व : वार्ता विफल भए के हुन्छ ?



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested