English

करिश्माले किन रोजिन् एमाले ?



अब नेपाली अभिनेत्री करिश्मा मानन्धरलाई एमाले पंक्तिले ‘कमरेड करिश्मा’ भन्नेछन् । किनकि, मंगलबारदेखि करिश्मा औपचारिक रूपमा एमाले प्रवेश गरेकी छिन् । अब उनको परिचय अभिनेत्री मात्र होइन, एमालेकी ‘सेलिब्रेटी कार्यकर्ता’ को रूपमा पनि विस्तार भएको छ ।

नेपाली राजनीतिको बजारमा थुप्रै छन्, राजनीतिक दलहरू । तर, करिश्माको रोजाइमा एमाले नै पर्यो, त्यो पनि स्थानीय निकायको निर्वाचनकै बेला । करिश्मालाई एमालेले चुम्बकीय शैलीले आकर्षित गर्नुको केही कारण छन् । एउटा हो– महिला सहभागिताको कुरा । ‘महिलालाई ३३ प्रतिशत आरक्षण दिने कुरा संविधानमै लेखियो, यसबारे धेरै भाषण पनि दिइयो तर, राजनीतिक पार्टीभित्रै त्यो देखिएन,’ भन्दै गइन्, ‘अरू पार्टीको तुलनामा एमालेले महिलालाई धेरै अघि बढाएको पाएँ, त्यसैले पनि एमालेमा जाँदा महिलालाई अग्रपंक्तिमा ल्याउन सकिन्छ भन्ने कुराले पनि प्रेरित गर्यो ।’

अरू पार्टीको तुलनामा एमालेले महिलालाई धेरै अघि बढाएको पाएँ, त्यसैले पनि एमालेमा जाँदा महिलालाई अग्रपंक्तिमा ल्याउन सकिन्छ भन्ने कुराले पनि प्रेरित गर्यो ।

यति मात्रै होइन, करिश्माले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समग्र व्यक्तित्वले पनि उत्तिकै प्रभावित पारेको रहेछ । यसकारण पनि उनको रोजाइमा एमालले पर्यो । ‘म केपी ओलीको व्यक्तित्वबाट पनि प्रभावित छु,’ मेरोलाइफस्टाइलसँगको कुराकानीमा करिश्माको कथन थियो, ‘म अरू राजनीतिज्ञसँग भेट्छु, तर उहाँलाई जति हरेक कुराको जानकार, विभिन्न वर्गका मानिसहरूसँग छिट्टै मेलजोल गर्न सक्ने प्रतिभा उहाँमा छ त्यसबाट पनि म प्रभावित थिएँ ।’

केही समय राजनीतिबाट टाढा रहेकी करिश्मालार्ई मूलधारका अन्य पार्टीले पनि स्वागत गर्न चाहेको थियो । ‘कांग्रेसमा पनि मेरा थुप्रै साथीहरू हुनुहुन्छ उहाँहरूले पनि प्रेरित गर्नुभएको थियो, अरू पार्टीबाट पनि प्रस्ताव आएको थियो,’ करिश्माले सुनाइन्,‘ तर मेरो मनले एमाले नै रोज्यो ।’

करिश्मालाई केपीको त्यो कल

गत असोज १ राति । करिश्माको मोबाइल फोनमा नयाँ नम्बरबाट फोन आयो । ट्रु कलर आईडीमा केपी शर्मा ओली देखायो । उनलाई लाग्यो, कतै देशकै निवर्तमान प्रधानमन्त्रीको फोन कल त होइन । फेरि सोचिन् प्रधानमन्त्री जस्तो मान्छेले मलाई किन फोन गर्नुभयो ?

म अरू राजनीतिज्ञसँग भेट्छु, तर उहाँलाई जति हरेक कुराको जानकार, विभिन्न वर्गका मानिसहरूसँग छिट्टै मेलजोल गर्न सक्ने प्रतिभा उहाँमा छ त्यसबाट पनि म प्रभावित थिएँ ।

कुरा गर्दै जाँदा नभन्दै उनै ओलीको फोन रहेछ । जब ओलीले करिश्मा परीक्षा कस्तो भइरहेको छ ? भन्दा उनलाई आफ्नै घरको मुलीले छोराछोरीसँग प्रश्न गरेजस्तो लाग्यो । उनले जवाफ फकाईन्, ‘हजुर ठीक छ सर ।’
उनलाई जिज्ञासा लाग्यो ‘तपाईं केपी ओली हो ?’
ओलीले भने, ‘अँ, हो विश्वास लागेन ?’
करिश्माले भनिन्, ‘लागेन सर ।’
त्यसपछि, उनले उनले एउटा डुंगाको कथा सुनाए । त्यसपछि, उनी उहाँ ओली नै हो भन्नेमा शतप्रतिशत विश्वस्त भइन् ।
कलाकारलाई फोन गरेर परीक्षा कस्तो भइरहेको छ ? स्वास्थ्य अवस्था कस्तो छ ? जस्ता जिज्ञासा राखेपछि करिश्माले ओलीलाई आफ्नो आइडल मान्न थालिन् । त्यही फोन कलपछि करिश्मालाई लाग्यो देशको महत्वपूर्ण व्यक्तिले आफ्नो कामलाई हेरिरहेका रहेछन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालबाट उनले राजनीतिक यात्रा शुरु गरेकी थिइन् । भट्टराईले नयाँ शक्तिलाई जनता समाजवादी पार्टीसँग एकता गराएपछि उनी निष्क्रिय भइन् । उनले आफ्नो पढाइलाई र कलाकारितालाई मात्र अगाडि बढाइरहेकी थिइन् । त्यहीबेला ओलीले फोन गरे । ओलीको फोनपछि उनमा पुनः राजनीतिको मोह जाग्यो ।
उनले ओलीलाई नजिकबाट नियाल्न थालिन् । उनका भाषण र विचारलाई सुन्न थालिन् । जति जति सुन्दै गइन्, उनलाई ओली र एमालेप्रति आकर्षण जाग्न थाल्यो । उनले तारन्तार ओलीबारे र उनीसँग सम्बन्धित स्टाटस फेसबुकमा लेख्न थालिन् ।

फोन संवादबाट दंग परेकी करिश्माले २६ फागुनमा ओली निवास बालकोट पुगेर ओलीसँग प्रत्यक्ष भेट गरिन् । एमाले प्रवेश गर्ने कुरा पक्कापक्की पनि यही दिन गरिन् ।

त्यसो त गत ४ कात्तिकमा ओली निवास बालकोटमै पुगेर भेट गरेकी थिइन् । जसका लागि एमाले नेतृ कोमल वली र हास्यकलाकार जितु नेपालले सहजीकरण गरिदिएका थिए ।

भेटका क्रममा उनले ओलीबाट धेरै राजनीतिक तथा समसामयिक विषयमा कुरा सुन्ने मौका पाइन् । ओलीसँगै बसेर उनको विचार सुनेपछि उनी त ‘वान साइडेड लभर’ जस्तै बनिन् । सबै क्षेत्रमा मानिसहरूलाई उत्तिकै महत्वका साथ लिएको र चासो मानेर सुनेको भन्दै ओलीको प्रशसां गर्न थालिन् ।

अनि बनिन् करिश्मा कमरेड

आखिर करिश्मा औपचारिक रूपमै एमाले प्रवेश गरिन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरे ।

‘ओलीजीलाई फुर्काउन भनेकी होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भनिन् ।

यो पनि…
आखिर करिश्माले किन छानिन् एमाले ?
अभिनय र राजनीतिपछि व्यवसायमा करिश्मा




सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested