English

विश्व पानी दिवस : कुवा सुके, पोखरी पुरिए



म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायलाई डेढदशक अघिसम्म गाउँको जलकुनीमा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले कुरुङदीमा घर बनाएको याद ताजै छ ।

सोही गाउँका ७६ वर्षीय टेकबहादुर कार्कीलाई पनि घरको सिरानमा रहेको पाखो र खहरेखोलामा रहेका तीन वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको झलझली सम्झना आउँछ ।

तर आजभोलि न जलकुनीमा पानीको कुवा छ नत पाखो र खहरेखोलामा पोखरी नै छन् । पहिले पहिले पानीको छेलोखेलो हुने बगरफाँट गाउँ हिजोआज एक गाग्री पानीको लागि कित म्याग्दी नदीमा जानुपर्ने कि खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छ ।

गाउँका टोलटोलमा खानेपानीका धारा त छन् तर ती धारामा हप्ताको दुईदिन पानी खस्यो भने पाँच दिन सुख्खा हुन्छन् । गर्मी सुरु भएसँगै बगरफाँटमा खानेपानीको हाहाकार सुरु भएको छ । बगरफाँटमा मात्रै होइन जिल्लाका दुई दर्जनबढी गाउँमा खानेपानीको समस्या सुरु भइसकेको स्थानीयवासीले बताएका छन् ।

जलवायु परिवर्तन, वन, जङ्गल विनाश र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला त मुहान सुकेर सुख्खा बनेका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढदै गएको छ ।

खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कदै गएको हो । वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि सुख्खा मैसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय बासिन्दा काकाकूल बन्ने अवस्था रहेको बेनी नगरपालिका-३ तोराखेतका पदम सापकोटाले बताए ।

‘गर्मी सुरु भएको छैन, गाउँमा खानेपानीको समस्या सुरु भइसक्यो, अवको चार महिना हामीलाई निकै सकस हुन्छ ।’ बगरफाँट र तोराखेतमा मात्रै होइन बेनपा-६ थाकन पोखरी, मङ्गला गाउँपालिका-१ कुहूँ, बेनपा-१ अर्जमलगायत म्याग्दीमा दर्जनौँ गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीय बासिन्दा खानेपानीको समस्या झेल्दै आएका छन् ।

पानीका मुहान सुक्न थालेपछि स्थानीयवासी पानीका लागि घण्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् । अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीयवासी खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन् ।

जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभावले स्थानीयवासी समस्यामा परेका हुन् । केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा पनि अप्राकृतिक समस्या देखिन थालेका वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् ।

खासगरी २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका अगुवा भरत दाहालले बताए । त्यसैगरी दुई वर्ष अघिको बाढीपहिरो र खडेरीले पनि मूल सुक्दै गएपछि यहाँ पानीको समस्या उत्पन्न भएको उनको भनाइ छ ।

खानेपानीको मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको छ ।

‘मूल पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्’ उनले भो, ‘जनसङ्ख्या र कृषि कर्म गर्नेको सङ्ख्या बढ्दै जाने तर पानीका स्रोत सुक्दै जाने हुन थालेपछि पानीको समस्या उत्पन्न भएको हो ।’ कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौंँ पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

खानेपानीको मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीको भनाइ छ । उनीहरुका अनुसार वनजङ्गल विनाश र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ । डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका उनीहरूको भनाइ छ ।

विकासको नाममा स्थानीय तहले डोजर आतङ्क मच्चाएका छन् । सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन् । मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदूरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मारमा परेका छन् ।

पानीका मूल र वन क्षेत्र छ, त्यही सडक लगेका छन् । यही गतिले सडक निर्माण गर्ने हो भने केही वर्षमा भू–क्षयको प्रवल सम्भावना रहेको स्थानीयवसीको भनाइ छ । जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना छैनन् । भएका योजना पनि मर्मत सम्भार र मुहान सुक्दा बन्द भएका छन् ।

अधिकांश विद्यालयमासमेत पानी छैन । डाँडामा रहेका विद्यालय नजिक पानीका मुहान नहुदा बालबालिका घरबाटै बोकेर पानी लैजानु पर्ने बाध्यता रहेको छ । जिल्लामा प्रशस्तै जलाधार क्षेत्र भए तापनि व्यवस्थित रूपमा मुहान संरक्षण र प्रयोग गर्न नसकिँदा वर्सेनि खानेपानीको समस्या उत्पन्न हुने गरेको बताइएको छ ।

यो पनि…
आज विश्व पानी दिवस : कति प्रतिशत पानी पिउन योग्य छ ?

बिहान पानी पिउनुका फाइदा-बेफाइदा
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?



...
Bobby

References: Top payid pokies australia https://www.ceacuautla.edu.mx/profile/dentonhpmtroelsen94595/profile

...
Carol

References: BPay accepted online casinos BPay pokies reviews Australia

...
Bridgette

References: Candy 96 online casino https://jobsbotswana.info/

...
Maryellen

References: Betsson Casino Bonus ohne Einzahlung http://forum.zidoo.tv/

...
Stacey

References: Las Vegas Casino App https://code.a100-cn.com

...
Leesa

References: %random_anchor_text% https://worship.com.ng/prestongrose4

...
Natisha

References: Lollybet Cashback http://maps.google.kg/url?q=https://lollybet.com.de/

...
Gidget

References: Lollybet Promo Code bbs.colg.cn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested