English

यसकारण युधिष्ठिरका दुवै हात जलाउन चाहन्थे भीम !



महाग्रन्थ महाभारत र त्यससँग जोडिएका प्रमुख पात्र अर्थात् पाँच पाण्डवको बारेमा त तपाईलाई थाहा नै होला । भनिन्छ, भीम, अर्जुन, नहकुल, र सहदेव आफ्ना दाजु युधिष्ठिरको धेरै सम्मान गर्दथे । तर एक पटक भीम आफ्ना दाजु युधिष्ठिरसँग यति धेरै रुष्ट भए कि, उनी युधिष्ठिरका दुवै हात जलाइदिन चाहन्थे ।

पांडव महाभारत (प्रतीकात्मक तस्वीर)

मान्यता छ कि, युधिष्ठिर जुवामा द्रौपदीलाई हारेपछि द्रौपदीको अपमान भयो । यो देखेर भीम अत्याधिक रुष्ट भए । भीमले युधिष्ठिरलाई भने, तपाईले जुवामा जुन धन हार्नुभयो, त्यसमा मलाई क्रोध छैन, तर द्रौपदीलाई दाउ लगाएर जुवामा हार्नु धेरै ठूलो गल्ती हो ।

द्रौपदी महाभारत (प्रतीकात्मक तस्वीर)

उनले युधिष्ठिरसँग द्रौपदी अपमानको योग्य नभएको बताए । तर तपाईको कारण यस्तो भयो भन्दै भीम रिसाएका थिए । भीमले यो सबको कारण तपाई भएको भन्दै युधिष्ठिरको दुवै हात जलाउन तम्सिएका थिए ।

भीम महाभारत (प्रतीकात्मक तस्वीर)

उनी सहदेवलाई युधिष्ठिरका हात जलाउनका लागि आगो ल्याउन भन्छन् । पछि अर्जुनले उनलाई सम्झाउँछन् । क्षत्रिय धर्मानुसार जुवा खेलेको र यसको दोष नलाग्ने भनेपछि भीम अलि शान्त बन्छन् ।

पांडव महाभारत (प्रतीकात्मक तस्वीर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested