English

चोलुङ पार्कको लालीगुराँसले तान्दै छ पर्यटक



तेह्रथुमको चोलुङ पार्कमा फुलेको राताम्य लालीगुराँसले पर्यटकलाई स्वागत गरिरहेको छ । पार्कको छेउमा फुलेको लालीगुराँससँगै यतिबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड लाग्न थालेको छ ।

पार्कमा फुलेको लालीगुराँससँग रमाउन स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको स्थानीयबासीको भनाइ छ । यही कारण तिनजुरे मिल्के जलजले (टीएमजे)को प्रवेशद्वारको रूपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेको छ ।

लालीगुराँस फुल्ने सिजन शुरु भएसँगै यस क्षेत्रको स्वरूप नै रंगिन बनेको छ । यहाँका होटल व्यावसायी समेत पर्यटकको स्वागत सत्कारका लागि आतुर छन् ।

टीएमजेलाई लालीगुराँस राजधानी पनि भनिन्छ । लालीगुराँस फुल्ने सिजन शुरु भएसँगै यस क्षेत्रको स्वरूप नै रंगिन बनेको छ । यहाँका होटल व्यावसायी समेत पर्यटकको स्वागत सत्कारका लागि आतुर छन् ।

फागुनदेखि वैशाखसम्म फुल्ने गुराँस पर्यटकको मुख्य आकर्षण हो । कोरोना महामारीले थलिएको पर्यटन व्यावसाय बिस्तारै फस्टाउन थालेको छ ।

विगतका वर्षहरूभन्दा यसवर्ष अधिक मात्रामा हिउँ परेसँगै गुराँसको सिजनअघि नै पर्यटकहरू आउँन थालेका थिए । हिउँमा रमाएका पर्यटकको चाप सेलाउन नपाउँदै गुराँस हेर्ने बढेका छन् । काठमाडौबाट चोलुङ पार्क पुगेका जीवन श्रेष्ठ भन्छन्, ‘गुराँस फुलेपछि श्रीमतीसहित यता आएको छु । गुराँसको बोटमा फोटो लिने धेरै पर्यटक भेटेँ ।’

यहाँ विशेषगरी सिजनमा वसन्तपुरको चोलुङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथीभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुल्ने गर्छ । यतिबेला भने यसक्षेत्रको तल्लो भेगबाट बिस्तारै माथिल्लो भेगतर्फ गुराँस फुल्न थालेको छ ।

गुराँससँगै प्राकृति सुन्दरतामा रमाउन चहने पर्यटक यहाँ आउँछन् । खासगरी सार्वजानिक बिदा तथा शनिबारका दिन पर्यटकको चाप बढी हुन्छ ।

विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये यहाँ २८ प्रजाति पाइन्छ । गुराँस संरक्षणका लागि स्थानीय वन उपभोक्ता समितिले गुराँसको बिरुवा रोप्ने लगायत काम गर्दै आएको छ । गुराँस एक हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा पाइन्छ ।

यो पनि
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested