English

रुपा र रजनी भइन् ‘मिस एन्ड मिसेज डिश्याविलिटी क्विन’



रुपा पहाडी र रजनी राईले ‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२१’ को शीर्ष उपाधि जितेका छन् । रुपाले मिसेस र रजनीले मिस तर्फको शीर्ष उपाधि हात पारेका हुन् ।

फाइनल प्रतियोगितामा डीना खत्री फस्ट रनर अप र सरिता कोइराला सेकेन्ड रनर अप भए । विजेता ४ जानालाई नगद सहित विभिन्न उपहार पुरस्कार प्रदान गरिएको थियो ।

अपाङ्गता भएको व्यक्तिहरूको क्षमता र उनीहरूमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन र समाजमा उनीहरूको फरक चिनारी बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना भएको हो । नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगितामा वेस्ट स्माइलमा रुपा पहाडी, वेस्ट डिसिप्लेनमा मिरा तामाङ, मष्ट ट्यालेन्टेडमा सङ्गीता मागी, मोस्ट फोटोजेनिकमा टीना महर्जन, मस्ट अमाजिनोमा मिना शर्मा, वेस्ट पर्सनालिटीमा निर्मला भण्डारी विजेता भइन् । यसै गरी मस्ट हम्बलमा अनु राई, मष्ट फ्रेन्ड्लीमा सरिता कोइराला, मस्ट ग्ल्यामरमा गङ्गा छन्त्याल, मष्ट कन्फिडेन्टमा तुलसा थापा मगर, वेस्ट स्क्रिनमा रजनी राई र मष्ट ब्युटिफुलमा अस्मी दुलालले उपाधि हात पारिन् ।

ग्रिन आर्ट मिडियाले सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना गरेको यो प्रतियोगितामा पूर्व मिस नेपाल इभाना मानन्धर, व्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोर भक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल) का सभापति सरिता थुलुङ निर्णायकको रूपमा रहेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested