English

२०३६ सम्म रुसको राष्ट्रपतिमा पुटिन नै रहनसक्ने



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार २०३६ सम्म आफूलाई सत्तामा रहिराख्न मिल्ने कानूनमा हस्ताक्षर गरेका छन् । यसका साथै पुटिनलाई बाँकि दुई कार्यकालका लागि पदमा रहन सक्ने स्विकृती मिलेको छ । ६८ वर्षका पुटिन पछिल्लो दुई दशक यता रुसको सत्तामा छन् । सरकारको लीगल इन्फरमेशन पोर्टलमा जारी गरिएको सूचनानुसार हस्ताक्षरपछि उनी २०२४ मा वर्तमान कार्यकाल पूरा भएपछि पनि चुनावमा जान सक्नेछन् ।

७६ प्रतिशतले गरेका थिए समर्थन

गत वर्ष रुसमा संविधानका लागि लिइएको जनमत संग्रह अभियानमा ७६ प्रतिशतले यसमा समर्थन गरेका थिए । यो अभियान सात दिनसम्म चलेको थियो । कोरोनाका कारण पहिलो पटक भोटमा यति धेरै समय लागेको थियो । भोटिङ्ग अनलाइन भएको थियो ।

पुटिन पहिलो पटक २००० सालमा राष्ट्रपति बनेका थिए । उनको पछिल्लो कार्यकाल २००८ मा पूरा भएको थियो । त्यसपछि मेदवेदेव राष्ट्रपति भएका थिए र पुटिन प्रधानमन्त्री बनेका थिए । तर सरकारको सबै काम पुटिनको हातमा थियो । मेदवेदेव राष्ट्रपति बन्दा उनलाई ६ वर्षको कार्यकाल दिइएको थियो । त्यो भन्दा पहिला ४ वर्षको कार्यकाल हुन्थ्यो । २०१२ मा फेरि पुटिन राष्ट्रपति बने र मेदवेदेव प्रधानमन्त्री बने । त्यो बेला देशमा केही परिवर्तन देखिएको थियो । यसका साथै राष्ट्रपतिको रुपमा उनले आफूलाई मजबुत बनाए ।

उनको कार्यकाल २०२४ मा सकिँदै छ । यदि संविधान संसोधन नभएको भए पुटिन चुनावमा उत्रिन पाउँदैन थिए ।
उनले विदेशमा १५ वर्षसम्म जासूसी एजेन्सीमा काम गरेका थिए । जब रुसका पूर्व राष्ट्रपति बोरिस येल्तसिनले १९९९ अचानक राजीनामा दिए तब पुटिन देशको प्रधानमन्त्री थिए । त्यो समय चुनाव लम्बिएपछि उनलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested