English

नासाले मंगल ग्रहको सतहमा पुर्यायो हेलिकप्टर



अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहको सतहमा हेलिकप्टर पुर्याएको छ । यो हेलिकप्टरलाई मार्स पर्सिभरेन्स रोभरको पेटको तल कभर गरेर मंगल ग्रहमा पठाइएको थियो । यो कंगारुको बच्चा जसरी रोभरको पेटमा लुकेको थियो । यसको नाम इन्जीन्यूटी हेलिकप्टर रहेको छ ।

NASA Mars Helicopter Ingenuity

केही दिन पहिला यसले मार्सको हावाको स्वाद लिएको थियो । अब भने यसले त्यहाँको सतहलाई पनि छोएको छ । यो हेलिकप्टर मंगल ग्रहको सतह र त्यहाँको वायुमण्डलमा रोटरक्राफ्ट टेक्नोलोजीको उपयोग हुन सक्छ कि सक्दैन भन्ने कुरा पत्ता लगाउन काम आउनेछ ।

NASA Mars Helicopter Ingenuity

रोभरले यो हेलिकप्टरलाई जमीन भन्दा ४ इन्च माथि छोडेको थियो । सतहमाक हेलिकप्टर झरेपछि रोभर अघि बढेको थियो । १.८ किलोग्रामको इन्जीन्यूटी हेलिकप्टरलाई पर्सिभरेन्स रोभरे आफ्नो पेटमा कभर गरेर राखेको थियो । २१ मर्चमा उक्त कभर हटाइएको थियो ।

NASA Mars Helicopter Ingenuity

नासाले आफ्नो ट्वीटमा अब छिटै रोभरको पेटबाट उड्ने पंक्षी निस्किने र यसले नयाँ बाटो देखाउने कुरा बताएको छ । यो हेलिकप्टर भित्र उर्जाबाट चाज हुने ब्याट्री लगाइएको छ । यसको पंखामा सोलर प्यानल लगाएको छ । जो जति तातो हुन्छ त्यति नै ब्याट्री चार्ज हुनेछ । साथै हेलिकप्टर भित्र परिवर्तन हुने तापक्रम रहनेछ । किनभने यसले त्यहाँको तापक्रमलाई सहन सकोस् ।

छवि

अहिले मंगलमा दिनमा ७.२२ डिग्री सेल्सियस तापक्रम छ । जो रातमा घटेर ९० डिग्री सेल्सियससम्म हुन्छ । यो हेलिकप्टरले ११ अप्रिलमा आफ्नो पहिलो उडान भर्नेछ । यसको डेटा धर्तीमा १२ अप्रिलमा पाइनेछ । यो हेलिकप्टर बनाउन नासाले ८५ मिलियन डलर्स खर्च गरेको छ ।

NASA Mars Helicopter Ingenuity

यसको पंखा हरेक मिनेट २ हजार ५३७ राउण्ड लगाउँछन् । स्थिती अनुकुल भए यसले जेजरो क्रेटरमा ३१ दिनसम्म उडान भर्नेछ । यो दिन मंगल ग्रहका अनुसार हुनेछ । हरेक उडान १६.५ फिट भन्दा अग्लो हुनेछैन । हेलिकप्टर एकपटकमा ३०० फिटको दूरी तय गर्नेछ । त्यसपछि चार्ज गर्नका लागि छोडिनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested