English

यसकारण आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य



नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि, निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।

भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी १५ दिनमा करिब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमले पछिल्लोपटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्य आएको निगमको भनाइ छ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२.८१, डिजेलमा ३६.४४ रुपैयाँ घाटा हुने देखिएको आयोगको भनाइ छ । तर, मट्टितेल, हवाइ इन्धनमा भने निगम अझै पनि नाफामै छ । यस्तै, एलपी ग्यासमा निगमले ६६५.३४ रुपैयाँ घाटा छ ।

भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ ।

यो पनि…
पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो [सूचीसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested