English

यसकारण आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य



नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि, निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।

भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी १५ दिनमा करिब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमले पछिल्लोपटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्य आएको निगमको भनाइ छ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२.८१, डिजेलमा ३६.४४ रुपैयाँ घाटा हुने देखिएको आयोगको भनाइ छ । तर, मट्टितेल, हवाइ इन्धनमा भने निगम अझै पनि नाफामै छ । यस्तै, एलपी ग्यासमा निगमले ६६५.३४ रुपैयाँ घाटा छ ।

भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ ।

यो पनि…
पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो [सूचीसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

Latest










Popular
Suggested