English

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण अन्तिम चरणमा, व्यवस्थापन भद्रगोल

संसदीय समितिले निर्देशन मात्रै दिएर हिँड्यो, समस्या जहाँको त्यहीँ


निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग अन्तिम चरणमा छ । हालसम्म ९३ प्रतिशत काम सकिसकेको छ । चीनको एक्जिम बैंकको ऋण सहयोगमा विमानस्थल चिनियाँ कम्पनीले नै बनाइरहेको छ ।

नागरिक उड्डयन प्राधिकरण पोखराले विमानस्थलको प्रमाणीकरणका लागि आसयपत्र समेत पठाइसकेको छ ।

केही महिनाअघि विमानस्थल बाहिरका समस्याबारे सूची बनाएर तीनवटै सरकारलाई थमाइएको छ । तर, अहिलेसम्म ती समस्याबारे कुनै निकास निस्किएको छैन । त्यसो त संसदीय समितिले नै यसबारे चासो देखाएको थियो । समितिले समस्या समाधानका लागि निर्देशन दिएर हिँड्यो, समस्या जहाँको त्यहीँ छ ।

‘अहिलेको ल्यान्डफिलमा चराको आवतजावत निकै धेरै छ । उनीहरूको आनीबानी तत्काल फर्ने पनि सकिँदैन,’ प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले भने, ‘अहिलेको अवस्थामा विमानस्थललाई सबैभन्दा बढी जोखिम ल्यान्डफिलमाथि उड्ने चराको हो । ल्यान्डफिल हटाउनुपर्छ ।’

विमानस्थलका मुख्य समस्यामध्ये ल्याण्डफिल साइट हटाउनुपर्छ । विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्यान्डफिल हटाउन तीन वर्षदेखि पत्र आदान प्रदान भइरहेको छ ।

तर, पोखराले नयाँ जग्गा खोज्न सकेको छैन । ‘अहिलेको ल्यान्डफिलमा चराको आवतजावत निकै धेरै छ । उनीहरूको आनीबानी तत्काल फर्ने पनि सकिँदैन,’ प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले भने, ‘अहिलेको अवस्थामा विमानस्थललाई सबैभन्दा बढी जोखिम ल्यान्डफिलमाथि उड्ने चराको हो । ल्यान्डफिल हटाउनुपर्छ ।’ यसबाहेक विजयपुर खोलाको सरसफाइमा पनि विमानस्थलले ध्यान दिनुपर्नेछ ।

उडान हुनुअघि लेखनाथस्थित रिठ्ठेपानीको डाँडा काट्नुपर्छ । त्यसका लागि १०/१५ दिनमा इआईए सुरु हुने र १४ मिटर काट्ने वित्तिकै क्यालिब्रेसन उडान गर्न सकिने आयोजना प्रमुख विनेश मुनन्कर्मी बताउँछन् ।

‘क्यालिब्रेसन फ्लाइट वैशाखमा गर्न सकिएन भने परीक्षणका लागि असोज कुर्नुपर्छ,’ उनले भने, ‘वैशाख कटाउनु हुँदैन भन्ने हाम्रो सोंच हो । तर, बाह्य समस्याहरू हल हुन सकेको छैन । अन्योल कायम छ ।’

विमानस्थलमा ह्यांगर र हेलिप्याड निर्माण गर्न थप चार सय रोपनी जग्गा चाहिने उनको भनाइ छ । त्यसका लागि संघ सरकारलाई पत्र पठाइएको छ ।

विमानस्थलमा पस्ने पोखराको भलबाढी कटाउन संघ सरकारले बाइपास व्यवस्थापन अघि बढाएको छ । ३४ करोड लागतका काम अघि बढेको विमानस्थलले जनाएको छ । महानगरका मेयर मानबहादुर जिसीले विमानस्थल पोखरा र देशकै गौरवको योजना भएकोले जतिसक्दो छिटो सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध रहेको बताए ।

राख्न भएन । जति छिटो चलायो, उति छिटो ऋण तिर्न सकिन्छ,’ उनले भने, ‘महानगरले ल्यान्डफिल लगभग खोजिसकेको छ । नगरभित्रका पहुँच मार्ग निर्माण गरिरहेको छ

‘यति धेरै ऋण लिएर बनाएको एयरपोर्ट त्यसै राख्न भएन । जति छिटो चलायो, उति छिटो ऋण तिर्न सकिन्छ,’ उनले भने, ‘महानगरले ल्यान्डफिल लगभग खोजिसकेको छ । नगरभित्रका पहुँच मार्ग निर्माण गरिरहेको छ ।’ यसअघि, निर्णय भएको ठाउँमा स्थानीयको अवरोधले सार्न नमिलेको महानगरले जनाएको छ ।

अहिले विमानस्थलमा डेकोरेसन, फिनिसिङ र भलपानी, बाढी व्यवस्थापनको काम भइहेको छ । उडान सञ्चालनका लागि प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणसँग मिलेर नेपालमा उडान भरिरहेका हवाइ कम्पनीसँग छलफलको आयोजना गर्दै छ ।

चौतर्फी समस्या रहेको र समाधानमा चासो नदेखाएपछि प्रदेश सरकारले सरोकारवालासँग छलफल गरेर निकास खोजेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो जिम्मामा परेको काम तत्काल शुरु गर्न निर्देशन दिए ।

यसले पोखरालाई मात्र फाइदा हुँदैन । प्रदेश र देशलाई समेत फाइदा हुन्छ । त्यसैले, समस्या समाधानमा सबै जुटौँ,’ उनले भने, ‘म फलानो सरकार भनेर नबसौँ, हामी एउटै देशभित्रका हौँ ।’

‘यसले पोखरालाई मात्र फाइदा हुँदैन । प्रदेश र देशलाई समेत फाइदा हुन्छ । त्यसैले, समस्या समाधानमा सबै जुटौँ,’ उनले भने, ‘म फलानो सरकार भनेर नबसौँ, हामी एउटै देशभित्रका हौँ ।’ विमानस्थलभित्र इन्धन डिपोसमेत निर्माण हुन सकेको छैन भने सुरक्षाका लागि आवश्यक भवनहरू बनेका छैनन् ।

यो पनि
अन्तर्राष्ट्रिय उडानका लागि तयार छ, गौतमबुद्ध विमानस्थल
पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested