English

रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो



स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले टोटनहमविरुद्ध ३–२ अन्तरको रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३५औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए ।

खेलको ३८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । ७२औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

खेलको ८१औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३–२ अन्तरको रोमाञ्चक जित निकालेको हो । यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा छ ।

मिलानलाई पाँच अंकको अग्रता, युभेन्ट्स विजयी

इम्पोलीबिरुद्द १–० अन्तरको जितसँगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलनको ५८ अंक छ । इम्पोली ३२ अंक जोडेर १३ औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३–१ अन्तरले पराजित गर्दै शीर्ष चारमा बलियो पकड जमायो । भ्रमणकारी टोली युभेन्ट्सको जितमा अल्भारो मोरटाले दुई गोल गरे ।

एक गोल उपहार पायो । साम्पडोरीयाका माया योसिदाले आत्माघाती गोल गरे । जितसँगै युभेन्ट्स २९ खेलबाट ५६ अंक सहित चौथो स्थानमा छ ।

होफेनहाइमसँग रोकियो बायर्न

जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिख होफेनहाइमसँग १–१ अन्तरको बराबरीमा रोकिएको छ ।

घरेलु टोलीका क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै ३२औं मिनेटमा होफेनहाइमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याए ।

बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । बराबरीसँगै बायर्नले २६ खेलमा ६० अंक जोडेर शीर्ष स्थानमा कायम छ । होफेनहाइम ४४ अंक साथ पाँचौं स्थानमा छ ।

यो पनि…
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन

फिफा र यूइएफएले लगाए रूसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध
चेल्सीलाई पहिलो फिफा क्लब विश्वकपको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested