English

रूसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण



किएभको बाहिरी भागमा रूसी ट्याङ्कको लस्करमाथि युक्रेनी आक्रमण देखाउने भिडियो सार्वजनिक भएको बीबीसीले जनाएको छ । ब्रोभरी क्षेत्रमा रूसी ट्याङ्ककको लस्करलाई युक्रेनी फौजले आक्रमण गरेको ड्रोन फूटेजमा देखिन्छ ।

बीबीसीका अनुसार रूसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी शहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रूस ‘आतङ्कको नयाँ चरणमा’ अघि बढेको आरोप लगाएका छन् ।

राष्ट्रपति जेलेन्स्कीका पूर्वसल्लाहकार रहेका सबभन्दा कान्छा सांसद स्भियातोस्लाभ युराले किएभ शहरमा रूसी प्रतिरोध गर्ने तयारी भइरहेको बताएका छन् । किएभमा स्वयंसेवीहरूको सुरक्षा दस्तालाई सहयोग गरिरहेका उनले बीबीसी रेडियो फोरको टुडे कार्यक्रमसँग बोल्दै राजधानी किएभमा रातभर रूसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा युद्ध भइरहेको बताए ।

यदि रूसी फौज शहर भित्र छिर्‍यो भने ठूलो क्षति बेहोर्न रूस तयार रहनुपर्ने चेतावनी उनले दिए । ‘यो दशौँ लाख मान्छे बस्ने शहर हो यदि उनीहरू भित्र छिरे भने उनीहरूले ठूलो प्रतिरोधको सामना गर्नुपर्नेछ । त्यसो भयो भने त्यो उनीहरूको स्टालिनग्र्याड हुनेछ ।’

उनले दोस्रो विश्वयुद्धको त्यो क्षणबारे स्मरण गराउँदै थिए जसमा ११ लाख सोभियत सेना र ८ लाख जर्मन तथा रोमानियाको सेनाको मृत्यु भएको थियो । युक्रेनी राजधानीमाथि रूसी अतिक्रमण गतिविधि चुलिइरहेकाले यो शहर चर्चाको शिखरमा छ ।

यो पनि…
अमेरिकाले १२ हजार सेना पठायो रुसको सीमा क्षेत्रका मुलुकमा
रूस-युक्रेन युद्ध : हरेक आधा घण्टामा गोलाबारी, मेयरको अपहरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested