English

पशुपतिकै वृद्धाश्रम असुरक्षित, सम्बन्धित निकायलाई छैन चासो (भिडियो पनि)

जीर्ण भइसकेको वृद्धाश्रम न कतै सारिन्छ न त पुनर्निर्माणमै तदारूकता देखिन्छ


आराध्यदेव पशुपतिनाथ मन्दिरकोे दक्षिणतर्फ एउटा वृद्धाश्रम छ । जसलाई पशुपति वृद्धाश्रम नामले चिनिन्छ । जहाँ बस्छन्, ९९ जना वृद्धवृद्धा । तर, सधैँ त्रासमा । भवन कतिबेला ढल्छ टुङ्गो छैन । त्यसो त उनीहरू दिनरात डरमै बिताइरहेका छन्, यद्यपि, सम्बन्धित निकाय भने मौन छ ।

विसं १९३८ मा पञ्चदेवलको रूपमा निर्मित यो भवन २०३४ देखि वृद्धाश्रमको नाममा सञ्चालनमा आएको हो । २०७२ को महाभूकम्पले जीर्ण यो भवनको अझै पुनर्निर्माण हुन सकेको छैन ।

वृद्धाश्रम जीर्ण बनेको भन्दै संसदको विकास तथा प्रविधि समितिले नयाँ ठाउँमा सार्न तीन वर्षअघि नै सरकारलाई निर्देशन दिएको थियो । तैपनि, सारिएको छैन नत यहाँका संरचनाको पुनर्निर्माण नै गरिएका छन् ।

ओमप्रसाद पाण्डे
प्रमुख, पशुपति वृद्धाश्रम कार्यालय

अहिले आश्रममा वृद्धवृद्धाको संख्या धेरै कम छ, २ सय ३० जनाको क्षमता भएको भए पनि ९९ जना मात्र हुनुहुन्छ सँगै रहेको अर्को जीर्ण भवन कतिबेला ढल्छ टुंगो छैन ।

भूकम्पले क्षतिग्रस्त भएको संरचनाहरू पुनर्निर्माण गरिदिन भन्दै वृद्धाआश्रमले पशुपति क्षेत्र विकास कोषलाई नगुहारेको पनि होइन । तर, कोषले ती वृद्धवृद्धाको गुहारलाई सुनेन, वा सुन्ने प्रयत्न गरेन ।

‘पत्राचार गरेको एक वर्ष बित्न लागिसक्दा पनि कोषबाट कुनै जवाफ आएको छैन,’ पशुपति वृद्धाश्रमका कार्यालय प्रमुख ओमप्रसाद पाण्डे भन्छन्, ‘अहिले आश्रममा वृद्धवृद्धाको संख्या धेरै कम छ, २ सय ३० जनाको क्षमता भएको भए पनि ९९ जना मात्र हुनुहुन्छ सँगै रहेको अर्को जीर्ण भवन कतिबेला ढल्छ टुंगो छैन ।’

पञ्चदेवल जीर्ण भएका कारण वृद्धवृद्धालाई त्यस क्षेत्रमा जान रोक लगाएको र क्षतिग्रस्त भवनबाट कार्यालय र वृद्धवृद्धालाई अस्थायी भवनमा राखिएको पाण्डे बताउँछन् । ‘भवन क्षतिग्रस्त भएकोले जस्तापाताले बारेर कार्यालय र अस्थायी टहरा बनाएर बसेको ६ वर्ष बित्यो,’ उनले भने, ‘अहिले वृद्धवृद्धा बसेको भवनमा पनि भूकम्पले क्षति पुर्याएको छ भने सँगैको भवन पूर्ण जीर्ण छ त्यसलाई न पन्छाइएको छ न पुननिर्माण सुरू गरिएको छ ।’ त्यसैले, वृद्धवृद्धाहरू त्रासमा बाँचिरहेको पाण्डे सुनाउँछन् ।

पुनर्निर्माणको काम भइरहेको छ, तर समाप्त भइसकेको छैन । पशुपति परिसरले ठूलो क्षेत्र ओगटेकाले पुनर्निर्माणको कार्यमा समय लागेको हो ।

रेवतीरमण अधिकारी
प्रवक्ता, पशुपति क्षेत्र विकास कोष

यता कोष भने पशुपति परिसरमा पुनर्निर्माणको काम भइरहेको बताउँछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी भन्छन्, ‘पुनर्निर्माणको काम भइरहेको छ, तर समाप्त भइसकेको छैन । पशुपति परिसरले ठूलो क्षेत्र ओगटेकाले पुनर्निर्माणको कार्यमा समय लागेको हो ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम लगभग सकिएको भन्दै बाँकी काम सक्न सहरी विकास मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।

काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा परेका सम्पदाहरूको पुनर्निर्माणको काम लगभग सकिएको हुनाले बाँकी काम सम्बन्धित निकायलाई सुम्पिएको प्राधिकरणका पूर्व प्रवक्ता भगवान अर्याल बताउँछन् ।

यद्यपि, पशुपति वृद्धाश्रममा भने कसैको पनि ध्यान पुग्न सकेको छैन ।

भिडियो :

फोटो/भिडियो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि…
कानुनले घटायो वृद्धाआश्रममा ज्येष्ठ नागरिक
पशुपतिनाथ योगिका योगी महायोगी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested