English

प्रवासमा नेपाली सभ्यताको पुस्तान्तरण



डोटी जिल्ला शिखर नगरपालिकाका शिक्षासेवी भोजबहादुर बलायर प्रवास बसाइँका क्रममा प्रवासी नेपालीका छोराछोरीलाई नेपाली बोल्न र लेख्न सिकाउने अभियानको नेतृत्व गरिरहेका छन् । प्रवासमा जन्मिएर आफ्नो देशको भाषा, कला, संस्कृति, सभ्यताजस्ता विषयमा अनभिज्ञ रहेका बालबालिकालाई नेपालसँग जोड्नका लागि नेपाली भाषाको पाठशाला सञ्चालन गरिएको उनले बताए ।

‘प्रवासमै जन्मिएका नेपालीका छोराछोरीलाई आफ्नो भाषा, कला, संस्कृति, नैतिक शिक्षाजस्ता विषयमा पाठशाला सञ्चालन गरेर पुस्तान्तरणको प्रयासमा छौं,’ उनले भने, ‘आफ्नो भाषा, कला, संस्कृति, सभ्यता, गीत, नृत्यको पुस्तान्तरण नभइरहँदा देखिएको भाषाको असहजता हटाउन यस्तो पाठशाला कक्षा आवश्यक देखिएको हो ।’

भगवानको दर्शन र पूजाका लागि मन्दिरमा पुग्नेहरूले पूजाको काम सकाएपछि कतिपय समयमा सोही मन्दिरमा बालबालिकालाई बोलाएर पनि यस्तो पाठशाला सञ्चालन गर्ने गरिएको छ । अमेरिकाको कुनै ठाउँमा नेपाली समुदाय आफैले र कुनै ठाउँमा गैर-आवसीय नेपाली संघ (एनआरएन) को पहलमासमेत यस्तो शिक्षा दिने गरेको बताइएको छ ।

अनुकूल समय मिलाएर अनौपचारिक ढंगले सञ्चालन गरिने यस्तो भाषा पाठशाला शिक्षाबाट प्रवासी नेपालीका बालबालिका अङ्ग्रेजी र नेपाली दुवै भाषा बोल्न र लेख्न जान्न योग्य भइरहेको उनको अनुभव छ । कोरोना संक्रमणको समस्य उत्पन्न भएसँगै पछिल्ला वर्षमा भने अनलाइन कक्षामार्फत समेत यस्ता पाठशाला सञ्चालन हुने गरेका छन् ।

‘अमेरिकमै जन्मिएका नेपालीका छोराछोरीलाई नेपाली भाषा संस्कृतिका बारेमा पाठशाला सञ्चालन गर्न बलायरले खेलेको नेतृत्वदायी भूमिका सरहानीय छ’, अमेरिकामै रहेका डोटी जिल्ला जोरायल गाउँपालिकाका शङ्कर थापाले टेलिफोनमा बताए ।

एक दशकदेखि अमेरिकाको टेक्सासमा रहेका बलायर एनआरएनद्वारा गठन गरिएको नेपाली पाठशाला समितिका अध्यक्षमा नियुक्त भएका छन् । उनले पाठशाला सञ्चालनका लागि आवश्यक पर्ने तहगत पाठ्यक्रम सामग्री निर्माण गर्ने र व्यवस्थापन गर्ने कामको संयोजनमा समेत योगदान दिइरहेका छन् ।

प्रवासी नेपालीका बालबालिकामा आफ्नो भाषा, कला, संस्कृति आदिको पुस्तान्तरण चुनौतीका रूपमा देखिँदा भाषा पाठशाला कक्षामार्फत सिकाइ गर्न अपरिहार्य देखिएको प्रवासी नेपालीको भनाइ छ । आफ्नो भाषा, संस्कृति, कला, संस्कार, व्यवहार एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण भइरहन्छ ।

प्रवासी नेपालीका बालबालिकामा आफ्नो भाषा, कला, संस्कृति आदिको पुस्तान्तरण चुनौतीका रूपमा देखिँदा भाषा पाठशाला कक्षामार्फत सिकाइ गर्न अपरिहार्य देखिएको प्रवासी नेपालीको भनाइ छ । आफ्नो भाषा, संस्कृति, कला, संस्कार, व्यवहार एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण भइरहन्छ ।

परिवर्तनशील समाजका कारण स्वदेशमैसमेत यी कतिपय विषयको सहज रूपमा पुस्तान्तरण गर्न बेलाबखत केही जटिलता उत्पन्न भइरहेको देखिन्छ । प्रवासमै जन्मिएका बालबालिका निम्ति यी विषयको पुस्तान्तरण गर्ने कुरा थप चुनौतीपूर्ण रहन्छ नै । यिनै समस्या समाधानका लागि शिक्षासेवी बलायरको नेतृत्वमा अमेरिकाको टेक्सास लगायतका राज्यमा अनौपचारिक भाषा पाठशाला सञ्चालन हुने गरेको हो ।

एनआरएनले यस्तो काममा सहयोग पुर्‍याइरहेको जनाइएको छ । ‘प्रवासमा हुर्किरहेका नेपाली बालबालिकालाई नेपालसँग जोड्न नेपाली पाठशालाले ठूलो काम गरेको अनुभव छ’, उनले भने, ‘आफूले तहगत रुपमा तयार पारेको पाठ्यक्रम र पुस्तकको आधारमा अमेरिकका विभिन्न ठाउँमा सञ्चालित नेपाली पाठशालामा पठनपाठन भइरहेको छ ।’

आगामी दिनमा थप प्रायः सामग्री र पुस्तक उत्पादन गरेर पाठशालालाई निःशुल्क उपलब्ध गराउने योजना उनको छ । पाठशालामा मुख्य गरी नेपाली भाषा, संस्कृति, संस्कार, नैतिक शिक्षा, साहित्य, योग, नृत्य नेपाली अक्षर सिकाइसम्बन्धी आधारभूत कक्षा सञ्चालन गर्ने गरिन्छ ।

सञ्चालित नेपाली पाठशालावाट गतवर्ष मात्रै एक हजार बढी नेपाली बालबालिका लाभान्वित भएको जनाइएको छ । नेपाली समाज टेक्सास (अमेरिका) द्वारा सञ्चालित नेपाली पाठशालाका संयोजक बलायर नेपालमा रहँदा लामो समय शिक्षण पेशामा संलग्न थिए । प्रवासमा रहँदा पनि नेपालीलाई शिक्षा क्षेत्रमा सेवा गर्ने अवसर आफूले पाउँदा खुसी लागेकोे उनले बताए । तस्बिर बलायरको फेसबुकबाट

यो पनि…
रूस-युक्रेन द्वन्द्व : ५८४ नेपाली सुरक्षित
एनआरएनएको चुनाव सर्‍यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested