English

प्रियंका कार्कीको नजरमा पढ्नै पर्ने तीन पुस्तक



यदि तपाईं शनिवार फुर्सदिलो हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । तर यो खाली समयमा कस्तो पुस्तक पढेर सदुपयोग गर्ने त ? वा कस्ता पुस्तक छान्दा राम्रो हुन्छ ? भन्ने किसिमको द्विविधामा हुनुहुन्छ भने, तपाईँले यी तीन पुस्तक पढेर बिदाको सदुपयोग गर्न सक्नुहुन्छ ।

यी हुन् अभिनेत्री प्रियंका कार्कीको नजरमा पढ्नैपर्ने तीन पुस्तक
१. द सेक्रेट

मैले प्रायजसो सेल्फ हेल्प पुस्तकहरू पढ्ने गरेको छु । मैले कुनै तीन पुस्तक छान्नुपर्दा पहिलो नम्बरमा द सेक्रेटलाई लिन्छु । यो मैले पढेको पहिलो सेल्फ हेल्प पुस्तक हो । यो पुस्तक एकदमै प्रेरणदायी र पढ्दै जाँदा सकारात्मक ऊर्जा उत्पन्न गराउने किसिमको भएकोले पनि यो पुस्तक एक पटक त पढ्नै पर्छ ।

२. सेपियन्स

सेपियन्स किताव भने मैले भर्खरै पढेको किताब मध्येको एक हो । यो एकदमै ज्ञानवर्धक पुस्तक हो । मानिसजातिको संक्षिप्त इतिहास नै रहेको यस किताबमा सम्पूर्ण कुराहरू सहज र विस्तृत रूपमा रहेको छ ।

३. मेन आर फ्रम मार्स, वुमे आर फ्रम भेनस

यो पुस्तक सम्बन्धमा सञ्चार सुधार गर्न, तपाईं आफ्नो सम्बन्धमा के चाहनुहुन्छ भनेर थाहा पाउन र तपाईं कसरी आफ्नो सम्बन्धमा चाहेको कुरा प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुराको लागि एक व्यावहारिक गाइड नै हो । त्यसैले यो पुस्तक पनि पढ्नै पर्ने किताब मध्येको एक हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested