English

गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश



गौतम बुद्धले कुनै एक परिस्थितिमा मात्र सीमित नभएर मानवताअन्तर्गत सबैलाई सहयोग गर्ने सन्देश दिएका छन् । आज समाजको व्यवस्था परिवर्तन भएको छ तर भगवान् बुद्धको सन्देश उस्तै छ र हाम्रो जीवनमा विशेष स्थान छ । बुद्धका १० अमूल्य सन्देशहरूको बारेमा जानौं ।

१. जीवनमा हजारौं लडाइँहरू जित्नुभन्दा आफैंलाई जित्नु राम्रो हो । यदि तपाईंले यसो गर्नुभयो भने जित सधैं तपाईंको हुनेछ । कसैले यसलाई तपाईंबाट खोस्न सक्दैन ।
२. यी तीन चीजहरू कुनै पनि हालतमा लुकाउन सक्दैनन् । ती हुन्– सूर्य, चन्द्रमा र सत्य ।
३. जीवनमा कुनै पनि उद्देश्य वा लक्ष्यमा पुग्नुभन्दा महत्त्वपूर्ण त्यो यात्रा राम्रोसँग पूरा गर्नु हो ।
४. दुष्टताले दुष्टता मेटाउन सक्दैन । घृणाको अन्त्य प्रेमले मात्र गर्न सकिन्छ, यो अटुट सत्य हो ।
५. सत्यको बाटोमा हिाड्दा मान्छेले दुईवटा मात्रै गल्ती गर्न सक्छ, पहिलो या त पूरै बाटो ढाक्दैन, दोस्रो वा सुरु नै नगर्ने ।
६.भविष्यको बारेमा न सोच्नुहोस् र अतीतमा नपर्नुहोस्, केवल वर्तमानमा ध्यान दिनुहोस् यो जीवनमा खुसी हुने एक मात्र सही तरिका हो ।
७. खुसी बाँड्दा जहिले पनि बढ्छ, जसरी एउटै बलेको दियोबाट हजारौं दियो बाल्न सकिन्छ तर पनि त्यो दियोको उज्यालो कम हुँदैन ।
८. तपाईंले जति राम्रो किताब पढ्न सक्नुहुन्छ, कुनै पनि राम्रो शब्द सुन्न सक्नुहुन्छ, तर तपाईंले आफ्नो जीवनमा ग्रहण नगरेसम्म यसको कुनै फाइदा छैन ।
९. सधैं रिसाउनु भनेको अर्को व्यक्तिमा फ्याँक्ने इच्छामा बलेको कोइला समात्नु जस्तै हो । यो क्रोधले तपाईंलाई पहिले जलाउँछ ।
१०. क्रोधमा हजारौं गलत शब्दहरू बोल्नुभन्दा मौनताको एक शब्दले जीवनमा शान्ति ल्याउँछ ।

यो पनि…
द्रौपदीको प्रेरणा
महाभारत युद्ध र सन्देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested