English

युक्रेनको बाछिटा नेपाली बजारमा

यसो गरे युक्रेन–रुस द्वन्द्वको प्रभाव कम गर्न सकिन्छ


नेपालमा खापत हुने वस्तुको ठूलो हिस्सा युक्रेनको छ । तर, युक्रेन–रुसको द्वन्द्वका चलिरहँदा प्रत्यक्ष वा अपत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा देखिएको छ ।

उपभोग्य खाद्य तेलको ९० प्रतिशत कच्चापदार्थ युक्रेनबाट आयात गरिएको अर्थशास्त्री डा. दिलनाथ दंगालले बताउँदै थिए । ‘९० प्रतिशत आयात बन्द हुँदा सीधै हाम्रो भान्सामा प्रभाव परेको छ,’ उनले भन्दै थिए, ‘खाद्यतेलको मूल्य मात्र नभई त्यहाँबाट आयात हुने उपकरण, कपडा लगायतको वस्तुमा पनि मूल्य वृद्धि भएको छ, तर कतिपय वस्तुमा कृत्रिम मूल्य पनि वृद्धि भएको देखिन्छ ।’

dr-Dil-Nath-Dangal-150x150
डा. दिलनाथ दंगाल
अर्थशास्त्री

युक्रेनबाट ९ सय ९७ जना र रुसबाट २ हजार १ सय ६ जना पर्यटक २०२१ मा नेपाल आएका थिए, यसरी आउने पर्यटक घटेपछि पर्यटन क्षेत्रमा सीधै असर पर्छ ।

दंगालका अनुसार कोरोनापछि तंग्रिदै गरेको रोजगार, उद्योग व्यापार र पर्यटन क्षेत्रमा पनि प्रभाव पर्छ । ‘युक्रेनबाट ९ सय ९७ जना र रुसबाट २ हजार १ सय ६ जना पर्यटक २०२१ मा नेपाल आएका थिए,’ डा. दंगालले भने, ‘यसरी आउने पर्यटक घटेपछि पर्यटन क्षेत्रमा सीधै असर पर्छ ।’

गत सात महिनामा युक्रेनबाट १४ अर्ब रुपैयाँ वस्तु आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आयात गरिएको वस्तुमध्ये तेलको कच्चापदार्थ रहेको छ । तेल कच्चापदार्थ मात्रै (सूर्यमुखी) ९ अर्ब ५ करोड रुपैयाँ, काँचो तोरी ३ अर्ब ९५ करोड रुपैयाँ, ७९ करोड रुपैयाँ क्रुड सोयाबिनको आयात भएको छ ।

यसैगरी, गत सात महिनामा १६ लाख रुपैयाँ बराबर रुपैयाँको वस्तु निर्यात गरिएको केन्द्रले जनाएको छ । जसमा कार्पेट (२ लाख ८४ हजार रुपैयाँ), जडीबुटी (४ लाख ७४ हजार रुपैयाँ), हस्तकला तथा संगीतका सामग्री (८ लाख ४२ हजार रुपैयाँ) लगायतका वस्तु रहेको छ ।

रुस–युक्रेन द्वन्द्व शुरु भएको महिना दिन नपुग्दै तेलको मात्र होइन बजारको हरेक वस्तुको मूल्यमा वृद्धि भएको छ, समान आयात गर्न महिना दिन लाग्छ तर, यसरी मूल्य वृद्धि हुनु कृत्रिम मूल्य सिर्जना गरिएको हो ।

अमुलकाजी तुलाधर
महासचिव, खुद्रा व्यापार संघ

खाद्य तेलको मूल्यमा वृद्धि

रुस–युक्रेन द्वन्द्वको प्रभाव खुद्रा व्यापारमा पनि देखिएको छ । तर, द्वन्द्व भएको १५ दिन पनि नपुग्दै खुद्रा व्यापारमा असर नदेखिनुपर्ने नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताउँदै थिएँ । ‘खाद्यतेलमा २० रुपैयाँ प्रतिलिटर मूल्य वृद्धि भएको छ, तर यो मूल्य व्यापारी र आयात निकायले बढाएका हुन्, उहाँहरूलाई नै किन बढाएको हो जानकारी हुन्छ ।’ उनले भन्दै थिएँ, ‘रुस–युक्रेन द्वन्द्व शुरु भएको महिना दिन नपुग्दै तेलको मात्र होइन बजारको हरेक वस्तुको मूल्यमा वृद्धि भएको छ, समान आयात गर्न महिना दिन लाग्छ तर, यसरी मूल्य वृद्धि हुनु कृत्रिम मूल्य सिर्जना गरिएको हो ।’

इन्धन ठप्प हुन सक्ने

अन्तर्राष्ट्रिय बजारबाटै इन्धनको मूल्य वृद्धि भएर आएकाले नेपाल आयल निगमले आफूले घाटा खाएर बिक्री गरेको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । ‘अन्तराष्ट्रिय बजारबाटै कच्चा तेलको मूल्य ९० डलर प्रतिब्यारेलबाट ४० रुपैयाँ बढेर अहिले १३० पुगेको छ,’ उनले थापे, ‘यदि, युद्ध जारी नै भएमा इन्धनको मूल्य अझै बढ्छ तर कति मात्रामा त्यो भन्न सकिँदैन ।’

हालसम्म इन्धन आयात अवरुद्ध नभएको उपाध्याय जनाउँदै थिए । ‘अन्तर्राष्ट्रिय बजारबाट ग्यास, पेट्रोल, डिजेललगायत इन्धन सरदर २५ अर्ब रुपैयाँ बराबरको मासिक आपूर्ति भइरहेको छ,’ उनले बताउँदै भने, ‘यदि, उता युद्धको कारण मूल्य वृद्धि भइरह्यो र यता घाटामा गइरह्यौँ भने पैसा पूर्ति गर्न नसकी इन्धन ठप्प हुन सक्छ ।’

सुरेश बहादुर भट्टराई
प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण

इन्धन उत्पादन नहुँदा विद्युत् लागत बढ्छ, यसले बढी मूल्यमा खरिद गरी, कम मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । विद्युत्को मूल्य बढ्दै गरेमा नेपालमा विद्युत्को मूल्य बढ्छ ।

विद्युत्को मूल्य बढ्न सक्ने

रुस सबैभन्दा बढी कच्चा इन्धन उत्पादन गर्ने राष्ट्र भएको नेपाल विद्युत् प्राधिकरण प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए । ‘इन्धन उत्पादन नहुँदा विद्युत् लागत बढ्छ, यसले बढी मूल्यमा खरिद गरी, कम मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ,’ उनले थपे, ‘भारतीय बजारमा प्रतियुनिट ३.९० रुपैयाँ रहेको विद्युत्को मूल्य बढेर २० रुपैयाँ आईसी पुगेको छ’ उनी अगाडि भन्दै थिए, ‘२० रुपैयाँ आईसीमा खरिद गरिएको विद्युतमा राजस्व लगायतका कटाएर सरदर ३५ देखि ४५ नेपाली रुपैयाँ प्रतियुनिट पर्न जान्छ ।’

भारतबाट आयात गरिएको विद्यत् ६ देखि १० रुपैयाँ प्रतियुनिट बिक्री गरिएको उनले जनाउँदैे भने, ‘यसरी नै विद्युत्को मूल्य बढ्दै गरेमा नेपालमा विद्युत्को मूल्य बढ्छ, तर के कतिले बढ्ने अनुमान गर्न सकिँदैन ।’

युक्रेन–रुसको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार नै प्रभावित भएको छ । यसबाट नेपाल अछुतो रहने कुरै भएन । हालको परिस्थितिमा नेपाली भान्सादेखि यातायात निकै प्रभावित भएको छ । यसको विकल्प नखोजिने हो भने भविष्यमा नेपालको अर्थतन्त्रलाई नै धक्का नपुग्ला भन्न सकिन्न । सम्बन्धित निकायले यसमा गम्भीर हुन आवश्यक छ ।

यसरी कम गर्न सकिन्छ प्रभाव

रुस–युक्रेन द्वन्द्वका कारण नेपाली अर्थतन्त्र मात्र नभई विश्वभर नै प्रभावित बनाएको छ । तर, द्वन्द्वको बहानामा कतिपय वस्तुमा कालोबजारी, अपत्यारिलो मूल्य वृद्धि पनि भएको जानकारहरू बताउँछन् । यसलाई नियन्त्रण गर्न सरकारबाट अनुगमन गर्नुपर्ने अवाश्यक देखिएको संघका महासचिव तुलाधरले बताए । ‘उद्योग व्यापारी इमान्दार हुन आवश्यक छ, तर यहाँ त्यो देखिँदैन’ उनले प्रतिप्रश्न गरे ‘आयातित भइसकेको वस्तुमा द्वन्द्व शुरु हुनेबित्तिकै कसरी मूल्य वृद्धि हुन्छ ? सरकारी पक्षबाट सबल र निष्पक्ष बजार अनुगमनको खाँचो छ ।’

अत्यावश्यक वस्तु कहाँबाट आयात गर्दा उपभोक्ता मारमा पर्दैनन् त्यो कुरामा सरकारले ध्यान दिनुु आवश्यक छ । तर, दीर्घकालीन प्रभावलाई कम गर्ने हो भने आफैँमा निर्भर हुन सक्नुपर्छ ।

नेपाल हरेक वस्तुका लागि परराष्ट्रमा निर्भर छ, कुनै पनि राष्ट्रमा उथलपुथल हुँदा सीधै यहाँ पनि असर देखिने डा. दंगालले सुनाए । ‘अत्यावश्यक वस्तु कहाँबाट आयात गर्दा उपभोक्ता मारमा पर्दैनन् त्यो कुरामा सरकारले ध्यान दिनुु आवश्यक छ । तर, दीर्घकालीन प्रभावलाई कम गर्ने हो भने आफैँमा निर्भर हुन सक्नुपर्छ,’ उनले अगाडि थपे, ‘खाद्य तेलमा बढी मात्रामा प्रभाव देखिन्छ, यसलाई कम गर्न आन्तरिक कृषि उत्पादनमा जोड दिनुपर्छ ।’

विद्युतको अभाव नहुने, तर मूल्य बढ्न सक्ने प्रवक्ता भट्टाराईले भने । उनले विद्युतको खपत सकेसम्म कम गर्ने बानीको विकास गर्न आवश्यक छ, यसरी गरेमा खपत कम हुन्छ, आयात पनि कम मात्रमा गर्नुपर्ने हुन्छ ।’

परराष्ट्रमा निर्भर हुँदा त्यहाँ सामान्य उतारचढाव हुँदा सीधै असर पर्छ । डा. दंगालले भनेजस्तै दीर्घकालीन असरलाई रोक्ने हो भने आफैँमा निर्भर हुन आवश्यक छ । इन्धन र विद्युत् खपतका सकेसम्म कम गरेमा केही रहत हुन्छ । इन्धन र विद्युत्को विकल्पबारे अध्ययन र अनुसन्धानको खाँचो रहेकाले सम्बन्धित निकायको ध्यान दिन जरुरी छ ।

यो पनि…
रुस–युक्रेन युद्ध : नेपालमा कस्तो असर ?
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested